कालेबुङ: आज सिक्किमबाट एनजेपीतर्फ गइरहेको एउटा वाहन दुर्घटना हुँदा कोलकता नेताजी महाविद्यालयको जियोग्राफी विभागका ८ जना विद्यार्थीहरु साथै वाहन चालक घाइते बनेका छन्। घटना अनुसार आज दिउँसो लगभग दुई बजीतिर एसके ०७जे०११३ नम्बरको बोलेरो वाहन पेलिङ सिक्किमबाट सिलगढीतर्फ गइरहेको थियो। वाहन नेसनल हाइवे १० को लेप्चा झोडा आइपुग्दा अचानक माथिबाट एउटा सुकेको रुख वाहन अघि ढल्दा चालकले वाहन साथै सवार यात्रुहरुलाई जोगाउने प्रयास गर्दा दुर्घटना हुन पुगेको थियो।

घटनापश्चात् घाइतेहरुलाई कालेबुङ जिल्ला अस्पताल पुर्याइएको छ भने हाल सबैको अवस्था खतरादेखी बाहिर रहेको जानकारी प्राप्त भएको छ।