खरसाङ: महानदीको तिरसठ लाइन निवासी पिता समीर तामाङ र माता गौरी तामाङकी सुपुत्री सामरिका तामाङ हालैमा सेन्ट्ररल ब्यांक अफ् ईण्डियामा नियुक्त भएकोमा महानदी मोटर अपरेटर वेलफेयर सोसाइटीद्वारा सम्मान जनाइएको छ। सामरिका तामाङले आफ्नो कडा मेहनत र परिश्रमद्वारा सेन्ट्ररल ब्यांक अफ् ईण्डियामा नियुक्तिको लागि परीक्षा उत्तीर्ण गरेर आफ्नो परिवार साथै महानदी क्षेत्रलाई गौरवान्वित बनाएकोमा उक्त सम्मान जनाइएको छ। यस अवसरमा महानदी मोटर अपरेटर वेलफेयर सोसाइटीद्वारा एक कार्यक्रम आयोजना गरेर सामरिका तामाङलाई सम्मान जनाइएको छ। यस अवसरमा उनलाई महानदी मोटर अपरेटर वेलफेयर सोसाइटीको सभापति विप्लव खवास र सचिव अरुण छेत्रीको बाहुलीबाट खदार्पणसहित सम्मान पत्र प्रदान गरेर सम्मान जनाइएको छ। यस अवसरमा महानदी मोटर अपरेटर वेलफेयर सोसाइटीको कार्यकारी सदस्यहरु पनि उपस्थित रहेका थिए।