वेलिंगटन: ग्यारी स्टीडले मंगलवार अब उनी टी२० र वनडे इण्टरनेशनल प्रारूपहरूमा न्यूजील्याण्डको मुख्य प्रशिक्षक नरहने पुष्टि गरेका छन्। यसको साथमा उनले टेस्ट क्रिकेटको भविष्यमाथि पनि विचार गर्ने भएका छन्। स्टीडले बताएअनुसार, उनलाई अन्तिम निर्णयसम्म पुग्नमा एक महिना समय लाग्न सक्छ। माइकल हेसनले २०१८-मा पद छोड़ेपछि ५३ वर्षीय स्टीडलाई सबै प्रारूपहरूका निम्ति न्यूजील्याण्डको मुख्य प्रशिक्षक नियुक्त गरिएको थियो। न्यूजील्याण्ड क्रिकेटले पनि एउया बयानमा आउँदो हप्ता प्रशिक्षक पदको निम्ति विज्ञापन जारी गरिने जानकारी दिएको छ। यसबीच अलग-अलग प्रारूपहरूका निम्ति अलग-अलग प्रशिक्षक नियुक्त गरिनेछ या छैन भन्ने चाहिँ बोर्डले स्पष्ट गरेको छैन। स्टीडको मार्गदर्शनमा न्यूजील्याण्डले २०१९-मा आईसीसी वर्ल्ड कप, २०२२-मा टी२० वर्ल्ड कप र यस साल च्याम्पियन्स ट्रफीको फाइनलमा स्थान बनाएको थियो। उनले न्यूजील्याण्डलाई आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशीपको पहिलो संस्करणमा च्याम्पियन पनि बनाएका थिए। न्यूजील्याण्ड क्रिकेटका शीर्ष अधिकारी ब्रायन स्ट्रोनचले भने, ग्यारीको रेकर्ड असाधारण रह्यो अनि हामीलाई आफ्नो फसेलामाथि विचार गर्न उनलाई सामान्य समय दिनमा कुनै समस्या छैन। अहिले हामीसँग प्रशिक्षक पदको निम्ति कुनै मजबूत प्राथमिकता छैन।
स्टीडको प्रशिक्षणमा न्यूजील्याण्डले हालै घरेलु टी२० सीरीजमा पाकिस्तानलाई ४-१-ले पराजित गरेको थियो। त्यसपछि वनडे सीरीजमा पनि होम टीमलाई पाकिस्तानविरुद्ध ३-०-ले जीत हासिल गरेको थियो। यी दुईवटा जीत न्यूजील्याण्डको निम्ति खास रहनेछ कारण टीमका अधिकांश प्रमुख खेलाड़ीहरूले नै आईपीएल-ले गर्दा टी२० र वनडे सीरीजमा हिस्सा लिएका थिएनन्। स्टीडले भने, गत केही महिना व्यस्त रह्यो अनि अब म आफ्नो भविष्यलाई लिएर विचार गर्नेछु। अब म आफ्नो विकल्पहरूको मूल्यांकन गर्न चाहन्छु तर मभित्र कोचिंग अझ पनि बाँचेको छ।