जोकोविच, स्टीव वा र बोरिस बेकर लरियस पुरस्कार समारोहमा उपस्थित रहने

IMG-20250408-WA0147

म्याड्रिड: महान टेनिस खेलाड़ी नोवाक जोकोविच स्पेनको राजधानीमा हुने लरियस विश्व खेल पुरस्कारहरूमा आकर्षणको केन्द्र हुनेछन्। खेलाड़ीहरूलाई प्रदान गरिने प्रतिष्ठित पुरस्कारहरूको यो २५औं वार्षिकी हुनेछ। यो लगातार दोस्रो साल हो जब पुरस्कार समारोहको आयोजन म्याड्रिडमा भइरहेको छ। यो पुरस्कार २१ अप्रेलमा प्रतिष्ठित प्यालेसियो डी सिबेल्समा दिइनेछ। रेकर्ड २४ पल्टका ग्राण्ड स्ल्याम च्याम्पियन तथा ५ पल्टका लरियस सालका सर्वश्रेष्ठ खेलाड़ी रहिसकेका जोकोविचले भने, लरियस विश्व खेल पुरस्कारहरूको २५औं वार्षिकी मनाउन फेरि म्याड्रिड जाने अवसर पाएर म रोमाञ्चित छु। मैले गत वर्ष म्याड्रिडमा आफ्नो पाँचौं लरियस खिताब जितेको थिएँ अनि त्यसको सुःखद यादहरू अहिले पनि मनमा ताजा छ। यसपाली फेरि समारोहमा सामेल हुने मौका पाउँदा म खुशी छु। यो ठूलो सौभाग्यको कुरा हो। महान क्रिकेटर स्टीव वा, ६ पल्टका ग्राण्ड स्ल्याम च्याम्पियन तथा जोकोविचका पूर्व प्रशिक्षक बोरिस बेकर, दिग्गज फूटबलर काफू, लुई फिगोको साथमा महान जिम्नास्ट नादिया कोमानेची पनि समारोहमा उपस्थित रहनेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement