रोमाञ्चक म्याचमा आरसीबी १२ रनले विजयी

IMG-20250408-WA0003

मुम्बई: रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-ले आईपीएल २०२५-को २०औं म्याचमा मुम्बई इण्डियन्सलाई १२ रनले पराजित गऱ्यो। यो आरसीबी-को वानखेड़े स्टेडियममा गत १० सालमा पहिलो जीत हो। आरसीबी-को यो ४ वटा म्याचमा तेस्रो जीत हो अनि यसको साथै टीम ६ पोइण्ट्सको साथ नेट रन रेटको आधारमा आईपीएल पोइण्ट्स टेबलको तेस्रो स्थानमा पुग्यो। यसरी मुम्बई इण्डियन्स चाहिँ ५ वटा म्याचमा चौथो हारको साथ २ पोइण्ट्स लिएर आठौं स्थानमा रहेको छ। सोमवार वानखेड़े स्टेडियममा टस हारेर आरसीबी-ले २० ओभरमा ५ विकेट गुमाएर २२१ रन बनायो। ओपनर फिल सल्ट ४ रन बनाएर ईनिंग्सको दोस्रो बलमै आउट भएपछि कोहलीले देवदत्त पडिक्कलसँग दोस्रो विकेटको निम्ति ९१ रन अनि कप्तान रजत पाटीदारसँग तेस्रो विकेटको निम्ति ४८ रनको पार्टनरशीप गरे। कोहलीले ४२ बलमा ८ वटा चौका र २ वटा छक्काको साथ ६७ रन बनाए। यसरी पडिक्कलले ३ वटा छक्का र २ वटा चौकाको साथ २२ बलमा ३७ रन बनाए। कोहली र लियाम लिविंगस्टोन (शून्य रन) लगातार आउट भए पनि कप्तान पाटीदारले जितेश शर्मासँग पाँचौं विकेटको निम्ति ६९ रन जोड़ेर स्कोर २१३ रनसम्म पुऱ्याए। पाटीदारले ५ वटा चौका र ४ वटा छक्काको साथ ३२ बलमा ६४ रन बनाए। यसरी जितेशले ४ वटा छक्का र २ वटा चौकाको साथ १९ बलमा अविजित ४० रन बनाए। मुम्बईका बलरहरूमा ट्रेण्ट बोल्ट र कप्तान हार्दिक पाण्ड्याले २२ विकेट लिए। जवाफमा मुम्बई इण्डियन्सले खराब शुरुवातपछि तिलक वर्माको अर्द्धशतकीय ईनिंग्सको साथ सक्दो प्रयास गरे पनि २० ओभरमा ९ विकेट गुमाएर २०९ रन मात्र बनाउन सक्यो। शीर्ष क्रममा रोहित शर्मा (१७), रियान रिकल्टन (१७), विक ज्याक्स (२२) र सूर्यकुमार यादव (२८ रन) भटाभट आउट हुँदा एक समय मुम्बई ठूलो अन्तरले हार्ने लागिरहेको थियो तर तिलकले कप्तान हार्दिकसँग मिलेर विध्वंशी ब्याटिंग गर्दै म्याचलाई रोचक बनाए। यी दुईजनाले पाँचौं विकेटको निम्ति ८९ रनको पार्टनरशीप गरे तर तिलक र हार्दिक लगातार आउट हुँदा आरसीबी-ले म्याच जित्ने मौका पायो। तिलकले ४ वटा छक्का र ४ वटा चौकाको साथ २९ बलमा ५६ रन बनाए। यसरी हार्दिकले ४ वटा छक्का र २ वटा चौकाको साथ १५ बलमा ४२ रन बनाए। ईनिंग्सको अन्तिम ओभरमा क्रुणाल पाण्ड्याले ३ विकेट हासिल गरी मुम्बईको हार सुनिश्चित गरे। आरसीबी-का बलरहरूमा क्रुणालले सर्वाधिक ४ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement