गान्तोक:q मुख्यमन्त्री प्रेमसिंह तामाङले आज मिन्तोकगाङस्थित आफ्नो आधिकारिक निवासमा नाम्चीस्थित सेर्डुप छोलिङ गुम्पा का परमपावन सेर्डुप डुङजिन रिम्पोछेको आशीर्वाद लिने सौभाग्य प्राप्त गरेकाे सामाजिक सञ्जालमा जानकारी गराएका छन्।
उक्त भेटघाटको क्रममा मुख्यमन्त्रीले परमपावन रिम्पोछेको स्वास्थ्य र कल्याणको बारेमा जानकारी लिॅंदै आगामी १८ अप्रेलमा खेचीपेरीमा आयोजना हुने परमपावन क्याब्जे सोत्क्से रिम्पोछेको अन्त्योष्टि समारोहको बारेमा चर्चा गरेको पनि उनले जनाएका छन्।
मुख्यमन्त्रीले आध्यात्मिक र सांस्कृतिक परम्पराहरू अनुरूप समारोह मर्यादा र श्रद्धाका साथ सम्पन्न होस् भन्ने सुनिश्चित गर्न राज्य सरकारले आवश्यक सबै तयारीहरूको पूर्ण जिम्मेवारी लिने जानकारी गराए।
उक्त भेटघाटमा परमपावन सेर्डुप डुङजिन रिम्पोछेसँग मन्त्री सोनाम लामा र मन्त्री टीटी भोटिया पनि उपस्थित थिए।











