ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किमको वार्षिक सभा सम्पन्न

IMG-20250407-WA0294

गान्तोक: ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किमको वार्षिक सभा देउरालीस्थित एक होटलमा सम्पन्न भयो। उक्त सभामा संस्थाका कार्यकारी समितिका सदस्यहरू, प्रशिक्षक लगायत छवटा जिल्लाका अधिकारीहरूले उपस्थिति जनाएका थिए। गान्तोक नगर निगमकी उपमेयर छिरिङ पाल्देन भोटियाको अध्यक्षतमा सम्पन्न भएको सभामा संस्थाका महासचिव सुकान्त दासले संस्थाका निवर्तमान अध्यक्ष जाङपो भोटियाले आफ्नो कार्यकालमा ब्याडमिन्टन एसोसिएशनलाई धेरै विकास गर्न सफल भएको दाबी गर्दै यस कार्यमा प्रत्येक सदस्यको महत्वपूर्ण भूमिका भएको बताए।
यसरी नै सभामा छलफल पछि संस्थाको वार्षिक वित्तीय प्रतिवेदन २०२४-२५ लाई सर्वसम्मतिले अनुमोदन गऱ्यो। यस सभाको मुख्य आकर्षण नयाँ कार्यकारी समितिद्वारा औपचारिक रूपमा पदभार हस्तान्तरण थियो। सभामा नवनिर्वाचित अध्यक्ष जेकब खालिङलाई स्वागत गरियो। आफ्न सम्बोधनमा नवनिर्वाचित अध्यक्ष खालिङले निवर्तमान अध्यक्षलाई उनको योगदानको प्रंशसा गर्दै धन्यवाद दिए। सिक्किममा ब्याडमिन्टनको विकासमा उनको दुरदर्शी नेतृत्व र योगदानको लागि कृतज्ञता प्रकट गरे। यसरी नै अध्यक्ष खालिङले मुख्यमन्त्री प्रेमसिंह तामाङले ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किमको मुख्य संरक्षकको पदभार सम्हाल्नको निम्ति संस्थाको आग्रहलाई स्वीकार गरेकोमा कृतज्ञता प्रकट गरे। खालिङले मुख्यमन्त्रीको संरक्षणमा राज्यमा ब्याडमिन्टन खेलको विकासलाई उल्लेखनीय रूपमा बढावा दिने र खेलाडीहरूलाई अझ उच्चाइसम्म पुऱ्याउन प्रेरित गर्ने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement