नशालु पदार्थ नियन्त्रणमाथि नार्को समन्वय समितिको बैठक

IMG-20250407-WA0292

गान्तोक: पाकिम जिल्लाका जिल्लापाल रोहन आगवानेको अध्यक्षतामा आज नार्को समन्वय समितिको बैठक राकिममा बस्यो। जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भएको बैठकमा नशालु पदार्थ दुरूपयोग र नियन्त्रणाबारे छलफल गरिएको थियो। यसबीच गुप्तचर विभागलाई बलियो बनाउने विषयमाथि प्रशासनले ध्यान केन्द्रित गराएको छ। जिल्लापालले पाकिम जिल्लामा नशालु पदार्थको दुरुपयोगसँग सम्बन्धित गतिविधिहरूलाई अझ मजबुत बनाउनु पर्ने विषयमा जोड़ दिए। उनले प्रत्येक विभागमा गुप्तचर सञ्जालको उपस्थितिबारे जानकारी लिँदै नशालु पदार्थ सम्बन्धी गतिविधिहरूमा रिपोर्ट संलनका लागि प्रयोग गरिने संयन्त्रहरूमाथि समीक्षा गरे। जिल्लापाले विभागका अधिकारीहरूलाई नशालु पदार्थ दुरुपयोगमाथि निगरानी र ट्र्याक गर्न प्रयोग गरिने तकनिकीहरूबारे उल्लेख गरे। जिल्लापालले अधिकारीहरूलाई यस प्रकारको गतिविधिमा संलग्न भएका व्यक्तिहरूसँग नजिकमा रहेर काम गर्दै उनीहरूको गतिविधिबारे पत्तो लगाउने थप निर्देश दिएका छन्। यस अवसरमा महकुमा अधिकारी, खण्ड विकास अधिकारी लगायत विभिन्न विभागका अधिकारीहरूले पनि सहभागिता जनाएका थिए।

About Author

Advertisement