स्वास्थ्यमाथि जनचेतना जगाउँदै एलेक्स राईले पूरा गरे तीन दिनको दौड़

IMG-20250407-WA0291

गान्तोक: स्वास्थ्य नै धन हो भन्ने नारा लिएर स्वस्थ जीवनशैली बारे सचेतना जगाउँदै तीन दिनसम्म पूर्व सिक्किमका विभिन्न स्थानमा दौड़ने एकल धावक एलेक्स राईलाई उनको यस विशेष पहलको निम्ति सिक्किम सरकारको स्वास्थ्य एवं परिवार कल्याण विभागले अभिनन्दन जनाएको छ। रम्फू, रानीपुल, पाकिम फेरि रानीपुल हुँदै गान्तोकको हनुमान टक पुगेर आज उनको तीन दिने दौड़ पुरा भएको छ। यसै क्रममा स्वास्थ्य विभागले उनलाई अभिनन्दन जनाएको हो।
मूल रुपमा कालेबुङ निवासी एलेक्स राई एक अल्ट्रा रनर हुन्। कालेबुङ जिल्ला खेलकुद सङ्घका सक्रिय सदस्य रहेका उनले समय समय यसरी स्वास्थ्य क्षेत्रमा जनचेतना जगाउँदै दौड़ने गरेका छन्। यस अघि उनले यसरी नै विश्व क्षेयरोग दिवसको अवसरमा अलिपुरद्वारदेखि कालेबुङसम्म २५० किलोमिटरको दौड़ लगाएका थिए। यसरी दौड़ने क्रममा एलेक्सले ठाउँ-ठाउँमा केही समय लिएर जनचेतनामुलक पामप्लेटहरू वितरण गर्नेगर्छन्।
आज तीन दिनको दौड़ पुरा गरेपछि देउरालीस्थित नेशनल इन्स्टीट्यूट अफ् टिबेटोलोजी परिसरमा सिक्किम सरकारको स्वास्थ्य विभागले उनलाई अभिनन्दन जनायो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement