गान्तोक: सिक्किम सरकारको वाणिज्य तथा उद्योग विभागले नयाँ दिल्लीको भारत मण्डपमा आयोजित स्टार्टचअप महाकुम्भ २०२५ मा सहभागिता जनाएको छ। उक्त महाकुम्भ ३ देखि ५ अप्रेलसम्म चलेको थियो। सिक्किमको प्रतिनिधिमण्डलले अगापे, सोइलाइफ, मोकावाई, हीलब्रिज र टपभ्यू इन्फो ल्याब्स को प्रदर्शनी गरेको थियो। स्टार्टअपहरू मध्ये टपभ्यू इन्फो ल्याब्स प्रालिले आवरगेस्ट ट्राभल्सको रूपमा पुरस्कार जितेर राज्यलाई गौरवान्वित बनाएको छ। उत्तरपूर्वी भारतबाट पहिलो अनलाइन ट्राभल एग्रीगेटरको रूपमा अवरगेस्टले सिक्किम, मेघालय, अरुणाचल प्रदेश, उत्तर बंगाल, नागाल्याण्ड, लद्दाख, असम र जम्मू र कश्मीरमा ६०० भन्दा बढी होमस्टे र गाइडहरू सहित होमस्टे, फार्मस्टे, रिसोर्ट सञ्चालन गरिरहेको छ। महाकुम्भले ग्रामीण जीविकोपार्जन र इको-टुरिज्मलाई सहयोग गर्दै ६,००० भन्दा बढी यात्रुहरूलाई सेवा प्रदान गरेको छ। अब देशभरिका अन्य अफबीट ठाउँहरुमा आफ्नो व्यवसाय विस्तार गर्ने तयारीमा रहेको छ। स्टार्टअप महाकुम्भ वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गत एक प्रमुख कार्यक्रम हो जसले उद्यमशीलतामाथि काम गरिरहेको छ।