सफाई अभियानमा जुटे सभासद मिलेस राई

मिरिक: शनिबार मिरिक थर्बु डुप्टिन समष्टी मिरिक क्षेत्र पीएचई अनि कृषि विभागका भारप्राप्त सभासद मिरिक बस्ती रावत खोलामा स्थानीय युवाहरूका साथमा सफाई अभियानमा निस्किए। बिहानै रावत खोला पुगेका सभासद राईले स्थानीय मानिस अनि युवाहरूका साथमा केही समय अघि झरेका पैह्रो, नाला अनि झोडाहरूका सफाईमा सक्रिय बने। मिरिक बस्ती अनि मरमा चियाकमानका जीवन रेखा मानिने मिरिक बस्तीका सडक रावत खोला नगीज विगतमा ठूलो पैह्रो झरेपछि केही समयसम्म यातायात ठप्प भएको थियो। उक्त पैह्रोमा सुरक्षा पर्खाल निर्माण भएपछि यातयात सुचारू बनेका छ। सोही ठाँउनेर फेरि पैह्रो झरेर सडकमा अवरोध सृजना गर्ने सम्भावना देखापरेपछि शनिबार सभासद मिलेस राई स्थानीय युवाहरूका साथमा सफाईमा जुटेका हुन। यस अवसरमा बोल्दै सभासद मिलेस राईले भने, ‘म कर्ममा विश्वास गर्ने मानिस हो। कतै समस्या छ र आफूले गर्नसक्छु भने  भौतिक रूपमा काम गर्नेछुl’ उनले मिरिक बस्तीका सडक सुचारू रहोस् अनि पानी, भल व्यवस्थित भएर बगोस् भनेर नै आफू सफाई निस्किएका बताए। सभासद मिलेस राईका उक्त कार्यलाई स्थानीय मानिसहरूले प्रशंसा गर्दै सभासदका व्यावहारिक कार्यले सडक सुचारू रहन ठूलो सहयोग भएका बताए। स्थानीय मानिसहरूले यस कार्यकालागि सभासद मिलेस राईप्रति आभार पनि प्रकट गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement