ईंग्ल्याण्डको वनडे र टी२० टीमका कप्तान बने हेरी ब्रूक

IMG-20250407-WA0286

लण्डन: स्टार ब्याटर हेरी ब्रूकलाई सोमवार ईंग्ल्याण्डको सीमित ओभरहरूका टीमको कप्तान नियुक्त गरियो। गत महिना आईसीसी च्याम्पियन्स ट्रफीमा ईंग्ल्याण्डको निराशाजनक प्रदर्शनपछि जोस बटलरले वनडे र टी२० टीमको कप्तानी छोड़ेका थिए। ब्रूकलाई गत वर्ष भएको आईपीएलको लिलामीमा दिल्ली क्यापिटल्सले अनुबन्धित गरेको थियो तर राष्ट्रिय टीमको स्वार्थलाई ध्यानमा राखेर उनले आईपीएल २०२५ बाट हट्ने फसेला गरेका थिए। यसले गर्दा उनीमाथि आईपीएलमा खेल्नदेखि २ सालको प्रतिबन्ध लगाइएको थियो। २६ वर्षीय ब्रूक जनवरी २०२२-मा पदार्पणपछि ईंग्ल्याण्डको सीमित ओभरहरूका टीमको महत्त्वपूर्ण हिस्सा रहेका छन्। गत एक वर्षदेखि उनी वनडे र टी२० दुवै टीममा उपकप्तानको रूपमा खेलिरहेका छन्। ब्रूकले गत वर्ष सेप्टेम्बरमा बटलरको अनुपस्थितिमा अष्ट्रेलियाविरुद्ध वनडे सीरीजमा पनि कप्तानी पनि गरेका थिए। टीमको कप्तान बनेपछि ब्रूकले भनेका छन्, ईंग्ल्याण्डको सेतो बलको कप्तानको रूपमा नामित हुनु ठूलो सम्मानको कुरा हो। व्हार्फडेलको बर्लेमा क्रिकेट खेल्दादेखि नै मैले यर्कशायरको प्रतिनिधित्व गर्ने, ईंग्ल्याण्डको निम्ति खेल्ने अनि एक दिन टीमको नेतृत्व गर्ने सपना देख्थें। अहिले त्यो मौका हासिल भएको छ। आईसीसी अण्डर-१९ वर्ल्ड कपमा ईंग्ल्याण्डको कप्तानी गरिसकेका ब्रूकले अहिलेसम्म २६ वटा वनडे म्याचमा एउटा शतकको साथ ३४.००-को औसतले ८१६ रन बनाएका छन्। यसरी उनले ४४ वटा टी२० इण्टरनेशनल म्याचमा २८.५०-को औसत र १४६.१५-को स्ट्राईक रेटले ७९८ रन बनाएका छन्। उनी २०२२-मा आईसीसी टी२० विश्व कप जित्ने टीमका हिस्सा रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement