मुम्बई: रियल म्याड्रिड लीजेण्ड्सले आइतवार राति खेलिएको लीजेण्ड्स फेसअफ् म्याचमा एफसी बार्सिलोना लीजेण्ड्सलाई २-०-ले पराजित गऱ्यो। स्पेनको दुई शीर्ष फूटबल क्लबका पूर्व दिग्गजहरूबीच यस म्याचको आनन्द लिन नवी मुम्बईको डीवाई पाटिल स्टेडियममा भारी संख्यामा दर्शकहरू आएका थिए। लुई फिगोले रियल म्याड्रिड लीजेण्ड्सको कप्तानी गरे भने बार्सिलोनाको कप्तानी दिग्गज डिफेण्डर कार्लोस पुयोलले गरेका थिए। यस म्याचको निम्ति ब्राजीलका महान फूटबलर रिभाल्डो, पोर्तुगलका पेपे, ईंग्ल्याण्डका माइक ओवेन र स्पेनका जावी जस्ता महान खेलाड़ी पनि मैदानमा ओर्लिएका थिए। म्याचमा फिगो र ओवेनले बनाइदिएको मौकामा गोल गरी फर्नाण्डो मोरिएण्टेसले १४औं मिनटमा रियल म्याड्रिड लीजेण्ड्सलाई बढ़त दिलाए। त्यसपछि डेविड बेरालले ६९औं मिनटमा अझ एक गोल गरी रियल म्याड्रिड लीजेण्ड्सको जीत सुनिश्चित गरे। बेरालले पुयोल र फ्रेंक डी बोअर जस्ता दुईजना दिग्गज डिफेण्डरलाई छक्काएर गोल गरे।











