कार्यकारी सभासद कल्पना प्रधानद्वारा पंखाबारीमा सार्वजनिक भवनको उदघाटन

IMG-20250407-WA0242

खरसाङ: खरसाङ खण्ड अन्तर्गत पंखाबारीको नयाँ गाउँमा स्ट्रीट लाइट अनि पंखाबारी गाउँमा सभासद फण्डबाट निर्माण गरिएको समाज भवनको विधिवत् उद्घाटन गरियो। सर्वप्रथम पंखाबारी गाउँमा पाँचवटा स्ट्रीट लाइटको उद्घाटन क्षेत्रीय सभासद कल्पना प्रधानको बाहुलीबाट गरियो भने त्यसपछि पंखाबारीमा निर्माण गरिएको समाज भवनको पनि सभासद प्रधानकै बाहुलीबाट गरियो। त्यसपछि यहाँको सार्वजनिक भवनमा एक सभाको आयोजना गरियो। सुरेश भित्रीकोटीको सभापतित्वमा सम्पन्न सभाको सञ्चालन सुनिल तामाङ, देवराज शर्माले गरेका थिए भने स्वागत सम्बोधन समाजको सचिव हेमन्त थापाले राखेका थिए।

यी कार्यक्रमहरूमा जीटीए एमओडी सभासद प्रणाम रसाइली, खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्री प्रधान, सन्त मेरिज तीन ग्राम पञ्चायतको प्रधान मणिराज डुम्जन, युवा कार्यकारी सचिव केन्द्रिय समिति अनुप गदाल, प्रचार प्रसार सचिव जिनोद परियार, रिना थिङ, पञ्चायत सदस्य बिमला लामा, सुबोध लामा, भागोप्रमो पंखाबारी, अम्बटे, लङ्भ्यु समष्टि सचिव ललित प्रधान लगायत अन्यहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement