सभासद श्याम शेर्पाद्वारा २८ नम्बर समष्टिको मजुवा बस्तीमा सार्वजनिक भवन निर्माण कार्यको शुरु

IMG-20250407-WA0238

खरसाङ: आज २८ नम्बर खरसाङ चिमनी देवराली समष्टि अन्तर्गत मजुवा बस्तीमा क्षेत्रीय सभासद श्याम शेर्पाकाे उपस्थितिमा सार्वजनिक भवनकाे कार्य शुरु गरिएको छ।
उक्त सार्वजनिक भवन निर्माण कार्यको शुरुवात् लामाजनबाट विधिवत पूजा अर्चना गरेर साथै मजुवा क्षेत्रका पञ्चायत सदस्य सिमा थापाको बाहुलीबाट विधिवत नरिवल फुटाएर कार्यकाे थाल्नी गरिएको छ। आजको कार्यक्रममा विशेषगरी सभासद श्याम शेर्पा, चिम्नी देवराली ग्राम पञ्चायत सदस्य सिमा थापा, मजुवा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रतिनिधिहरु, समष्टि प्रतिनिधि अनिल राई, लक्ष्मण गुरुङ, सलिम खान, रुपेश देवान, ठेकेदार रविन गोले साथै अन्य क्षेत्रवासीहरुकाे उपस्थिति थियो।
आजको कार्यक्रमबारे सभासद श्याम शेर्पाले जानकारी गराए अनुसार मजुवा क्षेत्रमा २०० परिवारभन्दा बेसी बसोबास गर्दछ तर २०२५ सम्म पनि एउटा भनेको जस्तो सार्वजनिक भवन नभएकोले यस क्षेत्रमा बसोबासो गर्ने जनसाधारणलाई धेरै कुरामा असुविधा रहेको थियो भने शुभ र अशुभ कार्य गर्नुमा कठिनाई रहेकोले गर्दा क्षेत्रवासी साथै भागोप्रमो मजुवा युनिटका प्रतिनिधिहरुकाे आवेदनलाई मान्यता दिन्दै क्षेत्रीय सभासद श्याम शेर्पाको पहल अनि जीटीए प्रमुख कार्यपालकाे सहयोगमा आज मजुवावासीकाे लागि सार्वजनिक भवन निर्माण कार्यको शुरु गरिएको छ।‌


दोस्रो चरणमा सभासदद्वारा भेटघाटको कार्यक्रममा विशेष मजुवावासी भरत तामाङ यस्तो प्रतिभाशाली व्यक्ति जसकाे उमेर ६२ पुगेर पनि अहिलेसम्म गाडीमा चढनु हुँदैन खरसाङ बजार, दार्जिलिङ, मङ्पु जही पनि जान परे हिँडेर नै जाने गर्छन्। उनले म्याराथनमा प्राय: भाग लिने गर्छन् ले खरसाङमा आयोजना भएको विन्टर रन, वाईट अर्किड फेस्टिभलमा‌ भेटरेन दुवैमा प्रथम भएका थिए। यसको साथै उनले आफ्नो हातले धेरै काठकाे कार्यहरु गर्नुमा ईच्छा राख्ने गर्दछ। उनले काठमा महात्मा गान्धी, नेताजी सुवासचन्द्र बोस, ईन्द्रिरा गान्धी, सुवास घिसिङ र अन्यकाे नक्सा काठमा धेरै असल ढंगले बनाएको सभासद अनि उनकाे टोलीलाई देखाएका छन्।‌ सभासद श्याम शेर्पाले उनकाे कार्यकाे तारिफ गर्दै उनलाई काठकाे कार्य गर्दा लाग्ने औजार प्रदान गरिदिने वचन दिए साथै धेरैजनाकाे दु:खासो र समस्याहरुकाे जानकारी लिएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement