खरसाङ बजारमा मुहानदेखि आउने पानीको पाइपलाइनमा ५५ ठाउँमा पानी चोरी भएको भेटाइयो

IMG-20250407-WA0236

खरसाङ: आज जीटीएको मुख्य कार्यपाल अनित थापाको निर्देशनमा जीटीए अधीनस्थ खरसाङ पीएचईका कार्यकारी अभियन्ता मणिरत्न मंग्रातीको नेतृत्वमा एउटा टोलीले पानीको समस्या कहाँ छ बुझ्न मुहानदेखि आउने पाइपलाइनको निरीक्षण गरेका छन्। पाइप लाइनबाट पानीको चुवाहट पक्का हुँदैछ। तर अच्चम त्यो चुवाहट पाइप बिग्रेर होइन तर पानी चोरेर भएको भन्ने पाइएको बताइएको छ। आज निरीक्षण गरेको पाइप लाइनमा ५५ ठाउँहरुमा मूल पाइपबाट पानी चोरिएको भेटिएको र ती सबै ठाउँलाई बुच्याउने काम गरिएको जानकारी प्राप्त भएको छ। जबसम्म मूल पाइप लाइनलाई चुवाहटरहित बनाइन्दैन तबसम्म निरीक्षण चलि रहने जनाइएको छ।
पानीको कार्य दुई विभागले हेर्छ। मुहानदेखि पानी सङ्ग्रह गर्ने ट्याङ्कीसम्म पीएचईले हेर्छन् भने ट्याङ्कीदेखि घरसम्म वितरण गर्ने काम नगरपालिकाले गर्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement