सिमुलबारी गोल्ड कपः एमएमएफसी निरपानिया फाइनलमा

IMG_20220910_191015.jpg

१० सेप्टेम्बरः सिमुलबारी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको तेस्रो सीजनमा एमएमएफसी निरपानियाले आशानुरुप फाइनलमा स्थान बनायो। सिमुलबारी खेल मैदानमा शनिवार खेलिएको दोस्रो सेमिफाइनल म्याचमा एमएमएफसी निरपानियाले जलपाइगढ़ी पुलिसलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट सोंगले सातौं र मोसुकेले ३५औं मिनटमा गोल गरे। विजेता टीमका फरवर्ड सोंगलाई प्लेयर अव् द म्याच चयन गरियो। अब मंगलवार खेलिने फाइनल म्याचमा एमएमएफसी निरपानिया र एसएसबी रानीडांगाबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement