सिलगढ़ी: इचिबान स्पोर्ट्स एकाडमी, सिलगढ़ीले दार्जीलिङ जिल्लाको प्रतिनिधित्व गर्दै कलकत्तामा ५ र ६ अप्रेलमा भएको दोस्रो शिशिनकाई स्टेट च्याम्पियनशीपमा उल्लेखनीय सफलता हासिल गऱ्यो। प्रतियोगितामा हिस्सा लिनको निम्ति एकाडमीका ५ जना खेलाड़ीलाई चयन गरिएको थियो। यसमा तीनजना खेलाड़ीले च्याम्पियनहरूको च्याम्पियन बनेर २७औं ओपन स्टेट च्याम्पियनशीपमा हिस्सा लिनको निम्ति अल इण्डिया शिशिनकाई शितो ऱ्यू बाट स्पन्सरशीप हासिल गरे। यी खेलाड़ीहरूमा रिजोंग तामाङ (सीनियर पुरुष व्यक्तिगत काता), राज प्रधान (सीनियर पुरुष ६० किग्रा) र अंकिता सन्यासी (अण्डर२१ महिला व्यक्तिगत काता) सामेल छन्।

यसबाहेक अन्य दुईजना खेलाड़ीले पनि असाधारण प्रदर्शन गरे पनि च्याम्पियनहरूका च्याम्पियन बन्नदेखि चुके। यसमा धिरज थामी (स्वर्ण पदक, १४-१५ वर्ष आयु वर्ग, -६० किग्रा) र शुभाञ्जली बागदास (काँस्य पदक, सीनियर महिला काता, रजत पदक, अण्डर २१ महिला काता) सामेल छन्।