दार्जीलिङ: बदमताम खेलकुद संघको तत्त्वावधानमा आयोजित ओपन नकआउट फूटबल टुर्नामेण्टमा गेलोंगटार (जीटी) लीजेण्ड्स च्याम्पियन भयो। दार्जीलिङ नजिक बदमताम (लेबोंग)-को स्थानीय खेल मैदानमा आइतवार भएको फाइनल म्याचमा गेलोंगटार (जीटी) लीजेण्ड्सले सुम्बुक एफसी (सिक्किम) विरुद्ध पेनल्टी शूटआउटमा ३-२-ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा जीटी लीजेण्ड्सको तर्फबाट सुजन राई र प्रज्ज्वलले गोल गरे। यसरी सुम्बुक एफसी-को तर्फबाट सजल थापा र उज्वल (Ujjwal) राईले गोल गरे। यस ७ ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

संक्षिप्तमाः
च्याम्पियनः गेलोंगटार (जीटी) लीजेण्ड्स
रनरअपः सुम्बुक एफसी (सिक्किम)
प्लेयर अव् द म्याचः सुजन राई
प्लेयर अव् द टुर्नामेण्टः छिरिंग लेप्चा
बेस्ट गोलकीपरः दानिश तामाङ
फेयर प्ले ट्रफीः महाकाली चट्टान बदमताम











