गोदुनिस संगीत पुरस्कार २०२२ मणिकमल छेत्रीलाई प्रदान गरिने घोषणा
दार्जीलिङ: आज गोर्खा दुःख निवारक सम्मेलन, दार्जीलिङको आयोजनामा बिहान दश बजेदेखि सम्मेलनकै उत्सव भवनमा कृष्ण-सोनाम बस अनि बनाऊ अन्तर विद्यालय चित्रकला प्रतियोगिता गोदुनिस अध्यक्ष बीबी गुरूङको अध्यक्षता, पोखरेबुङ सेक्रेड हार्ट विद्यालयका निर्देशक विनोद राईको प्रमुख आतिथ्य साथै पोलो कम्पनीका प्रनिनिधि कोलकाताबाट आमन्त्रित जयदेव बासु अनि अन्य प्रतिनिधि, देवकुमार प्रधान, सरोजा प्रधान, महासचिव केशव गुरूङ, मणिकमल देवान, एनबी तामाङ, पेम्बा बम्जनको विशेष उपस्थितिमा सम्पन्न गरियो।
यस प्रतियोगितामा दार्जीलिङ शहरी क्षेत्रका १५ उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीहरूले अंशग्रहण गरेका थिएl यस प्रतियोगिताका निर्णायकवर्गमा प्रतिष्ठ चित्रकारहरू क्रमैले छेन्डुप लेप्चा, सीपी राई, दिनेश केसी अनि राम शर्माको विशेषरूपमा उपस्थितिमा गरियोl प्रतियोगिताबारे जानकारी गराउँदै गोदुनिस प्रतियोगिता उप समिति अध्यक्ष प्रतिष्ठ चित्रकार हेमु राई अनि संयोजक प्रवीण जिम्बाले प्रतियोगितामाथि प्रकाश पार्दै आआफ्नो मन्तव्य राखे। प्रवीन जिम्बाद्वारा सञ्चालन गरिएको यस प्रतियोगिताको प्रथम चरणमा महासचिव केशव गुरूङद्वारा उपस्थित सबैप्रति स्वागत गर्दै स्वागत सम्बोधन राखे भने अध्यक्ष बीबी गुरूङद्वारा गोदुनिसद्वारा वार्षिकरूपमा गरिने विशेष कार्यक्रममाथि प्रकाश पारे भने आउँदो दिनमा फेरि पनि गोदुनिसले गर्ने नेपाली संगीत प्रतियोगिता स्वरश्री सम्पन्न गरिने भएको बताएl यसै मञ्चमा अध्यक्ष गुरूङले गोदुनिसद्वारा प्रत्येक वर्ष प्रदान गरिने गोदुनिस संगीत पुरस्कार २०२२ प्रतिष्ठ संगीतकार मणिकमल छेत्रीलाई प्रदान गरिने घोषणा गरेका छन्।
कृष्ण-सोनाम प्रतियोगिता वार्षिकरूपमा गर्दै आइरहेको छ भने यस वर्षदेखिबाट प्रतियोगितामा प्रथम, दोस्रो अनि तेस्रो हुने सिनियर ग्रुपका विद्यार्थीहरूलाई प्रियालता प्रधान स्मृति ट्रफीसँगै नगद पुरस्कार क्रमैले पाँच हजार, तीन हजार र दुई हजार रूपियाँ अनि जुनियर ग्रुपका विद्यार्थीहरूलाई क्रमैले तीन हजार, दुई हजार र एक हजार रूपियाँ सँगै प्रियालता प्रधान स्मृति ट्रफी पनि प्रियालता प्रधानका परिवारको पक्षमा उनका आमा-बाबा देवकुमार प्रधान अनि सरोजा प्रधानबाट प्रदान गरिएको छl आउँदो वर्षहरूमा यसरी नै निरन्तर गरिने भएको जानकारी प्रधानद्वयले दिएका छन्। यस प्रतियोगितामा विद्यार्थीहरूलाई प्रेरणा र प्रोत्साहन प्रदान गर्दै भागलिने विद्यार्थीहरूलाई प्रयोगको निम्ति रंग, प्रमाणपत्रादिको व्यवस्थापन पोलो कम्पनी, कोलकाताबाट गरिएको थियो। यसै प्रतियोगिताको अन्त्यमा पुरस्कार वितरणमा थप विद्यार्थीहरूलाई प्रेरणा र प्रोत्साहन प्रदान गर्दै प्रमुख अतिथि विनोद राईको बाहुलीबाट सान्त्वना पुरस्कार रूपियाँ तीन तीन हजार प्रदान गरियो। विद्यार्थीहरूलाई उत्साह प्रदान गर्दै यस समारोहमा दार्जीलिङका वरिष्ठ अनि प्रसिद्ध चित्रकारहरूले आ-आफ्ना चित्रहरू पनि प्रदर्शनमा राखिएको थियो।
गोर्खा दुःख निवारक सम्मेलन, दार्जीलिङले गत केही वर्षदेखि विशेष विद्यार्थीहरूलाई चित्रकलाप्रति आकर्षित गराउन साथै उनीहरूभित्र लुकेको प्रतिभालाई उजागर गर्न साथै उत्साह प्रदान गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजन गरेको हो भन्ने सम्मेलनका प्रतिनिधवर्गले बताए। जुनियर वर्गबाट दावा लमू शेर्पा, आदित्य शर्माले सान्त्वना पुरस्कार प्राप्त गरे। यसरी तेस्रो स्थान घूम गर्ल्स हाइस्कूका विद्यार्थी दिव्याश्री राई, यसरी नै दोस्रो स्थान ओगटेका छन् सुकियापोखरी हाई स्कूलबाट रवी किशन कुमार सिंग अनि प्रथम स्थानमा शारदेश्वरी कन्या उच्चत्तर विद्यालयबाट पासाङ तामाङ विजयी भएका छन्। यसरी नै सिनियर वर्गबाट क्रमैले नेपाली गर्ल्स हाई स्कूलबाट दावा तेन्जी भोटिया अनि सन्त माइकल हाई स्कूलबाट तनिसा दुरालले सान्त्वना पुरस्कार प्राप्त गरेकी छन्l तेस्रो स्थानमा सुकेपोखरी हाई सेकेण्डेरी स्कूलबाट बन्टी गुप्ता, दोस्रो स्थानमा आरकेएसपी हाई स्कूलबाट अनुज राई अनि प्रथम स्थान ओगटन सफल बनेका छन् सन्त राबेर्टस हाई स्कूलबाट कल्पित गुरूङ विजयी बनेका छन्। प्रतियोगितामा अंशग्रहण गरेका सम्पूर्ण प्रतियोगीहरूलाई आयोजकको पक्षमा प्रमाण पत्र वितरण गरिएको छ गोदुनिस सदस्य सबिता संकल्पले जानकारी दिएकी छन्।