दिल्लीद्वारा जीत अनि चेन्नईद्वारा हारको ह्याट्रिक

photocollage_2025460942509

चेन्नई: पाँचपल्टको च्याम्पियन चेन्नई सुपर किंग्स (सीएसके) ले शनिवार खेलिएको म्याचमा दिल्ली क्यापिटल्सविरुद्ध २५ रनले हारको सामना गर्नु पऱ्यो। म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै दिल्ली क्यापिटल्सले ओपनर केएल राहुल (७७ रन) को उत्कृष्ट ब्याटिंगको सहायताले २० ओभरमा ६ विकेट गुमाएर १८३ रन बनायो। जीतको निम्ति चुनौतीपूर्ण लक्ष्यलाई अघि राखेर खेल्दै सीएसके-ले ५ विकेटमा १५८ रन मात्र बनाउन सक्यो। आज चेन्नईको शुरुवात खराब रह्यो अनि ६ ओभरभित्र ३ प्रमुख ब्याटर आउट हुनको साथै टीम दबाउमा पऱ्यो। केवल ४१ रनमा ३ विकेटको पतनपछि विजय शंकरले धैर्यको साथ ब्याटिंग गरे पनि विकेट गुमाउने क्रम रोकिएन। शिवम दुबे १८ र रविन्द्र जडेजा २ रन बनाएर पभेलियन फर्किए। यसरी ७४ रनमा ५ विकेटको पतनपछि विजयले धोनीसँग मिलेर टोलीलाई जिताउने अन्तिम प्रयास गरे, जुन सफल हुन सकेन। विजय र धोनीले छैटौं विकेटको निम्ति ५७ बलमा ८४ रनको अटूट पार्टनरशीप गरे। विजयले ५४ बल खेलेर ५ वटा चौका र एउटा छक्काको साथ अविजित ६९ रन बनाए। यसरी धोनीले २६ बलमा अविजित ३० रन बनाए। दिल्लीका बलरहरूमा विपराज निगमले २ विकेट लिए।
म्याचमा पहिला ब्याटिंग गर्दै दिल्ली क्यापिटल्सको पनि शुरुवात खराब ररह्यो अनि ओपनर ज्याक फ्रेसर-म्याकगर्क पहिलो ओभरमै खाता नखोली आउट भए। त्यसपछि दिल्लीको ईनिंग्सलाई केएल राहुलले सम्हाले, जसले ५१ बलमा ७७ रन बनाए। उनले ६ वटा चौका र ३ वटा छक्का लगाए। राहुलले अभिषेक पोरेल (३३ रन) सँग दोस्रो विकेटको निम्ति ५४, कप्तान अक्षर पटेल (२१ रन) -सँग तेस्रो विकेटको निम्ति ३६, समीर रिज्वी (२० रन) सँग चौथो विकेटको निम्ति ५६ रन अनि ट्रिस्टन स्टब्स (अविजित २४ रन) -सँग पाँचौं विकेटको निम्ति ३३ रनको छोटो तर उपयोगी पार्टनरशीपहरू गरे। राहुल ईनिंग्सको अन्तिम ओभरमा आउट भए। दिल्लीका बलरहरूमा खलील अहमदले सर्वाधिक २ विकेट हासिल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement