नाम्ची: सिक्किम वीर गोर्खा भूतपूर्व सैनिक कल्याण संघले जीआरडी घूमसँगको सहकार्यमा आज याङयाङ सिनियर सेकेण्डरी स्कूलमा अग्निपथबारे जागरुकता कार्यक्रम सञ्चालन गऱ्यो। उक्त योजनाअन्तर्गत भारतीय सेनाको अग्निवीर भर्तीको लागि जागरूकता गराउँदै युवाहरुलाई प्रेरित पनि गरेको थियो। सिक्किम विधानसभा उपाध्यक्ष राजकुमारी थापाको मुख्य आतिथ्यमा आयोजित कार्यक्रमको उद्देश्य युवाहरूलाई अग्निपथ योजनामार्फत भारतीय सेनामा भर्ती हुने अवसर र फाइदाहरूबारेमा जानकारी गराउनु र प्रेरित गर्नु थियो। अग्निपथ योजनाले चार वर्षको सेवा अवधि प्रदान गर्ने जसमा करियर विकास र विभिन्न सुविधाहरूको अवसरहरू प्राप्त गर्न सक्ने जानकारी दिइएको थियो। कार्यक्रममा मुख्यमन्त्रीका ओएसडी कर्मा सुब्बा, ग्राम विकास अधिकारी एसकेएम पार्टी भूतपूर्व सैनिक प्रकोष्ठका कार्यकारी सदस्यहरू, जिल्ला पञ्चायतहरू, पञ्चायतहरू, शिक्षकहरू र विद्यार्थीहरूको उपस्थिति थियो।