राज्यपालले दिए राज्यबासीलाई रामनवमीको शुभकामना

IMG-20250405-WA0308

गान्तोक: सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले पवित्र रामनवमी पर्वको शुभअवसरमा समग्र राज्यवासीलाई शुभकामना व्यक्त गरेका छन्। आफ्नो सन्देशमा उनले राम नवमी पर्व भगवान श्री रामको जन्मजयन्ती हो भन्दै मर्यादा पुरुषोत्तमको रूपमा परिचित भगवान राम सद्गुण, सत्य र धर्मको प्रतीक रहेको बताएका छन्। भगवान रामको जीवन र शिक्षाले मानव जीवनलाई मानवताको सेवा गर्न, पारस्परिक सद्भाव कायम राख्न र धर्मको मार्ग अनुसरण गर्न सधैँ प्रेरित गर्ने बताएका छन्। राज्यपालले रामनवमी पर्वले सिक्किमबाट धेरै प्रेरणा मिल्ने उल्लेख गर्दै सिक्किममा विभिन्न धर्म र सांस्कृतिक समुदायका मानिसहरू प्रेम र सद्भावका साथ एक भएर बस्ने जिकिर गरेका छन्। यस शुभअवसरमा, म भगवान श्री रामको आशीर्वादले सबैको जीवनमा खुशी, समृद्धि र शान्ति ल्याओस् भन्ने कामना व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement