जोरथाङमा सिक्किम डेमोक्रेटिक फ्रण्टको क्षेत्रीय सभा

IMG-20250405-WA0307

गेजिङ: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)को एउटा क्षेत्रीय सभा आज यहाँको गरीब उत्थान भवनको जोनल पार्टी कार्यालयमा सम्पन्न भयो। प्रवक्ता एवं प्रचार प्रसार प्रभारी एमएन दाहालको अध्यक्षतामा बसेको बैठकमा दक्षिण र पश्चिम सिक्किमका विभिन्न क्षेत्रबाट पार्टी कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
सभामा वर्तमान राज्य सरकारका कथित विभिन्न गलत नीतिमाथि गम्भीर रुपमा चर्चा परिचर्चा गरिएको पार्टीले प्रेस विज्ञप्ती जारी गरेर बताएको छ। सभामा पार्टीको आगामी कार्यक्रम बारे गहन छलफल गर्दै आउने दिनहरूमा पार्टीले क्रमबद्ध ढङ्‌गमा जनमुखी कार्यक्रमहरू अघि बढाउने प्रस्ताव पनि पारित गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement