शिक्षकहरुलाई लिएर “जिरो वेस्ट” माथि कार्यशाला

IMG-20250405-WA0306

गान्तोक: स्वच्छ भारत मिशनअन्तर्गत गान्तोक जिल्लाका शिक्षकहरूलाई लिएर स्वच्छ स्कूल क्याम्पियन तथा “जिरो वेस्ट” माथि एक दिवसीय कार्यशाला आयोजना गरियो। राजधानीस्थित जनता भवनमा आयोजित कार्यक्रममा स्वच्छ विद्यालय अभियान २०२५ माथि छलफल गरियो। यो स्वच्छ सिक्किम अभियानअन्तर्गत “सुनौलो, समृद्ध र समर्थ सिक्किम” नामले सञ्चालित गरिएको हो। अर्कोतिर सिक्किम भारतको एक अभिन्न अङ्ग बनेको पचास वर्षको अवसरमा उक्त अभियानलाई रफ्तार दिएको हो। सुनौलो सिक्किम, स्वच्छ सिक्किम अभियानले मानिसहरूलाई दिगो फोहोर व्यवस्थापन अभ्यासहरू, फोहोर उत्पादनलाई न्यूनीकरण, फोहोर छुट्याउने र प्रभावकारी फोहोर व्यवस्थापन प्रणालीमाथि प्रेरित गर्दै आएको छ। यस पहलले विद्यालयका शिक्षक र विद्यार्थीहरूलाई धार्मिक संस्थानहरूसँग समन्वय राखेर पूजा स्थलहरुमा फोहोर व्यवस्थापनलाई प्रभावी गर्ने जागरुकता गराएको छ। सुनौलो सिक्किम, स्वच्छ सिक्किम अभियानअन्तर्गत स्वच्छ कार्यालय, स्वच्छ विद्यालय, स्वच्छ ग्राम पञ्चायत र मेरो आस्था सम्पूर्ण स्वच्छतालाई प्रमुखता दिइ शुरू गरिने भएको छ। स्वच्छ विद्यालय अभियान २०२५ ले शिक्षकहरूलाई पर्यावरणीय जिम्मेवारी बनाउने दिशामा प्रेरित गर्ने उद्देश्य राखेको छ। यसअन्तर्गत शैक्षिक संस्थाहरूले सामाजिक परिवर्तनलाई प्रभाव पार्दै फोहोर न्यूनीकरण र व्यवस्थापनमा उदाहरण देखाउने आशा गरिएको छ। कार्यशालामा गान्तोक जिल्लाका ३६ माध्यमिक र वरिष्ठ माध्यमिक विद्यालयका शिक्षकहरूले सहभागिता जनाएका थिए। उक्त कार्यक्रम ग्रामीण विकास विभागको विशेष सचिव तथा मिशन निर्देशक बेनु गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement