गान्तोक: नेपाली साहित्य परिषद्, सिक्किमको कार्यकारिणी समितिको एक महत्वपूर्ण बैठक हिजो हरि ढुङ्गेलको अध्यक्षतामा परिषद् भवनको कार्यालयमा सम्पन्न भयो। गत महिना सम्पन्न भएको वार्षिक सभाको समीक्षासँगै आगामी दिनमा पालन गरिने वैशाखी पर्व आयोजनलाई लिएर डाकिएको बैठकमा कार्यकारिणी समितिका सदस्यहरूको उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्दै महासचिव नीलम न्यौपानेले सभा आयोजनको उद्देश्यबारे जानकारी गराए। सभामा प्रस्तुत कार्यसूचीमाथि विस्तृत रूपमा चर्चा–परिचर्चा गर्दै गत वार्षिक सभामा पारित प्रसावमाथि समीक्षा गरियो। नेपाली साहित्य परिषद्ले वैशाखी पर्व आयोजनामाथि सभाले चर्चा–परिचर्चा गर्दै नेपाली भाषीहरूले पालन गर्ने नेपाली नयाँ वर्षबारे छलफल गरियो। यस वर्षको बैशाखी पर्वको उपलक्ष्यमा वार्ता, साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजन गर्ने निर्णय लिएको छ।