गान्तोकमा सिम्फेडको ६९औं बोर्ड सभा सम्पन्न

IMG-20250405-WA0304(1)

गान्तोक: सिक्किम स्टेट कोअपरेटिभ सप्लाई अनि मार्केटिङ फेडरेसन (सिम्फेड) को ६९औं बोर्ड सभा आज राजधानीस्थित एक होटलमा सम्पन्न भयो। सिम्फेडका अध्यक्ष तेञ्जिङ दोर्जी भोटियाको अध्यक्षतामा सम्पन्न भएको सभामा संस्थाको आर्थिक कार्यसम्पादन र रणनीतिलाई अझ विस्तार गर्नुपर्ने पहलमाथि समीक्षा गरिएको थियो. उक्त सभामा विभिन्न सहकारी पहलहरूमार्फत क्षमता विकास र बजार व्यवस्थापन विस्तार विषयमा सदस्यहरूको ध्यान केन्द्रित गराए। यस अवसरमा संस्थाको गतिविधिहरू जनतासमक्ष पुऱ्याउनको निम्ति सिम्फेडको नाममा आधिकारिकरूपमा फेसबुक पेज शुरू गरिने र अहिले यसको निम्ति औपचारिकरूपमा स्वीकृतिको प्रतीक्षा रहेको उल्लेख गरे। सभाले अध्यक्ष भोटियाको नेतृत्वमा सिम्फेडले एक अग्रणी सहकारी संस्थाको रूपमा अझ सशक्त भएर काम गर्ने प्रतिवद्धता जाहेर गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement