नयाँ दिल्ली: अर्जेण्टिनाको ब्यूनस आयर्समा जारी शूटिंग वर्ल्ड कपमा भारतीय शूटर सिफ्त कौर समराले महिलाहरूकी ५० मीटर राइफल थ्री पोजिशन (३पी) स्पधीमा स्वर्ण पदक हासिल गरिन्। यो आईएसएसएफ वर्ल्ड कपमा उनको पहिलो व्यक्तिगत स्वर्ण पदक हो। भारत एउटा स्वर्ण र एउटा काँस्य पदकको साथ पदक तालिकाको दोस्रो स्थानमा रहेको छ। भारतको निम्ति काँस्य पदक पुरुष थ्री पोजिशनमा चैन सिंहले जिते। चीन एउटा स्वर्ण र एउटा रजत पदकको साथ शीर्ष स्थानमा रहेको छ। २३ वर्षीय शूटर सिफ्त शुक्रवार अबेर राति टिरो फेडरल अर्जेण्टिनो डी ब्यूनस आयर्स शूटिंग रेञ्जमा भएको फाइनलमा नीलिंग पोजिशनमा १५ वटा शट्पछि जर्मनीकी अनीता मेंगोल्डभन्दा ७.२ पोइण्ट्स पछि रहेकी थिइन्। त्यसपछि उनले प्रोन र स्ट्याण्डिंग पोजिशनमा असाधारण पुनरागमन गर्दै स्वर्ण पदक जितिन् । वर्ल्ड रेकर्ड धारक सिफ्त ४५ शट्को फाइनलपछि ४५८.६ पोइण्ट्सको साथ पहिलो स्थानमा रहिन्। यसरी जर्मनीकी शूटरले जम्मा ४५५.३ पोइण्ट्स हासिल गरिन्। काँस्य पदक कजाखिस्तानकी अरीना अल्तुखोवा (४४५.९ पोइण्ट्स)-ले जितिन्।