खरसाङ: लैनसिंह बाङ्देल साहित्यकला प्रतिष्ठानको आयोजनामा, हाम्रो छहारी काेलकत्तामा, ध्रुब लकान्द्रीकृत उपन्यास मंगलाको विधिवत् लोकार्पण गरियो। वरिष्ठ कथाकार, समाजसेवी देविका मोक्तानको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नारायण प्रसाद हूमागाईं, अतिथिहरुमा कृतिकारको परिवारको पक्षबाट, छोरी बन्दना गजमेर, जुवाई उमेश गजमेर, गकुल रसाइली, बिनिता रसाइली रहेका थिए। कार्यक्रममा साहित्यकार गकुल रसाइलीले श्रष्टाको जीवन परिचय, लैनसिंह बाङ्देल साहित्यकला प्रतिष्ठानकी सभापति देविका मोक्तानले मंगला उपन्यासको समीक्षात्मक टिप्पणी राखे। प्रतिष्ठानका मूलसचिव, प्रभात पत्रिकाका सम्पादक बिकास कार्कीले लेखकको साहित्यिक यात्रा, भारत नेपाल जनमैत्री साँस्कृतिक मञ्चका सल्लाकार नारायणप्रसाद हुमागाईँले, सामाजिक जीवन बारे अनि श्री श्री जानकी माता नेपाली धार्मिक संघ कलकत्ताका सभापति गुञ्जदास श्रेष्ठले उनको व्यक्तित्व बारे आफ्नो विचार राखे। लैनसिंह बाङ्देल साहित्यकला प्रतिष्ठानका सहसभापति सन्तोषचन्द्र दर्नालले पनि उनको जीवनी बारे आफ्नो विचार राखे।कार्यक्रमको दोस्रो चरणमा कवि गोष्ठी राखिएको थियो, जसमा संजीव गुरुङ, टिकाराम गोपालभित्रीकोटी, निमा निष्कर्ष, प्रा. अशेष लिम्बू निकेस लिम्बू , दिपेन्द्र पी दर्नाल र गकुल रसाइलीले आ आफ्नो स्वरचित कविता पाठ गरे। कार्यक्रमको संचालन निमा निष्कर्षले गरेका थिए। आजको कार्यक्रमलाई सफल बनाउन खड्ग गुरुङ, संगीता शेर्पा, बबिता राई, अरुण राई, अजय थापा र किरण तामाङको मुख्य भूमिका रहेको थियो।