खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाको प्रतिनिधिको रुपमा दिवस छेत्रीले
पश्चिम बंगाल राज्य सरकारको स्वास्थ्य एंव परिवार कल्याण मन्त्रालय स्टाण्डिङ कमिटीको चेयरम्यान निर्मल माझीसित आज बैठक गरेका छन्। उनले जीटीए प्रमुखको प्रतिनिधिको रुपमा खरसाङको गिध्द पहाडस्थित सर्किट हाउसमा भेट गरी बैठक गरेका छन्। राज्यको स्वास्थ्य एंव परिवार कल्याण मन्त्रालयको स्टाण्डिङ कमिटीको चेयरम्यान निर्मल माझी केही दिनदेखि कालेबुङ, दार्जिलिङ, मिरिक हुँदै खरसाङ आईपुगेका थिए। उनलाई गिध्द पहाडस्थित सर्किट हाउसमा जीटीए प्रमुखको तर्फबाट दिवस छेत्रीले खदार्पण गरेर स्वागत जनाएका छन्।

यसावधि चेयरम्यान निर्मल माझीसित जीटीए प्रमुखको प्रतिनिधिको रुपमा विभिन्न विषयमा बैठक गरेका छन्। यसावधि दुवैमाझ खरसाङ महकुमा अस्पतालको विषयमा चर्चा परिचर्चा गरिएको छ। यसको साथै खरसाङ नगरपालिका क्षेत्रमा शहरी प्राथमिक स्वास्थ केन्द्र बढाउने जसले गर्दा खरसाङ महकुमा अस्पताललाई लोड कम्ती हुन्छ अनि ग्रामीण क्षेत्रमा पनि प्राथमिक स्वास्थ केन्द्रहरु बढाउने र अझ शसक्त बनाएर लाने विषयमा पनि चर्चा परिचर्चा गरिएको छ। यसावधि चेयरम्यान निर्मल माझीले जीटीए प्रमुख कार्यपाल अनित थापासित पनि फोनमा बातचीत गरेका थिए।