दिए विभिन्न समस्याहरु समाधानको आश्वासन
खरसाङ: पश्चिम बंगाल विधान सभाको स्वास्थ्य एंव परिवार कल्याण मन्त्रालयको स्टाण्डिङ कमिटीको चेयरम्यान निर्मल माझीले शनिबार खरसाङ महकुमा अस्पतालको निरीक्षण गरेका छन्। उनले खरसाङ महकुमा अस्पतालको निरीक्षण गर्दै विभिन्न समस्याहरूको जानकारी लिएका थिए भने विभिन्न समस्याहरु समाधानको लागि पनि वचन दिएका छन्। उनीसित स्वास्थ्य एंव परिवार कल्याण मन्त्रालयको टिम पनि उपस्थित रहेका थिए। उनलाई खरसाङ महकुमा अस्पतालको तर्फबाट स्वागत जनाइएको छ। उनको भ्रमणावधि जीटीए प्रमुख कार्यपाल अनित थापाको प्रतिनिधि एंव खरसाङ महकुमा अस्पतालको रोगी कल्याण समितिको चेयरम्यान दिवस छेत्री, खरसाङ महकुमा अस्पतालको अधीक्षक डा रूमी मण्डल लगायत डाक्टरहरु, नर्सहरु र अस्पतालका कर्मचारीहरु उपस्थित रहेका थिए। यसावधि स्वास्थ्य एंव परिवार कल्याण मन्त्रालयको स्टाण्डिङ कमिटीको चेयरम्यान निर्मल माझीले अस्पातलको भ्रमण गर्दै अधीक्षकको कार्यालयमा बैठक पनि गरेका थिए। यसावधि खरसाङ अस्पातालको तर्फबाट विभिन्न समस्याहरु विषयमा उनी समक्ष राखेका थिए भने विभिन्न समस्याहरू सुनेर सामाधानको आश्वासन पनि दिएका छन्। उनले खरसाङ महकुमा अस्पतालमा चाढै नै डायोलेसिस मशीन जडान गरिने, सीटी स्कान, क्यान्सरको लागि टेलि मेडिशन शुरु गरिने, भेन्टिलेटर बढाउने, खरसाङ महकुमा अस्पतालको नयाँ भवन चाढै निर्माण हुने साथै खरसाङमा रहेको एसबीडे टिभी सेनिटोरियमको जमीनमा मेडिकल कलेज बनाउनको लागि राज्य सरकारले प्रस्ताव गरेको र यसमा जीटीएले पनि प्रस्ताव दिएको जानकारी गराएका छन्। यसको साथै खरसाङ अस्पातालको विभिन्न समस्याहरु सुनेका थिए। उनले विशेष गरेर खरसाङ महकुमा अस्पतालको नयाँ भवन चाढै निर्माण कार्य पूरा हुने वचन दिएका छन् भने अस्पतालमा डाक्टर र नर्सहरुको कमीलाई पूरा गर्ने र स्पेसिलिस्ट डाक्टरहरु ल्याउने, सुरक्षा गार्डहरु र अस्पतालका कर्मचारीहरु थप्ने पनि बताएका छन्। पश्चिम बंगाल सरकारको स्वास्थ्य एंव परिवार कल्याण मन्त्रालयको स्टाण्डिङ कमिटीको चेयरम्यान निर्मल माझीले अस्पातलको भ्रमण गरेपछि खरसाङ महकुमा अस्पतालको अधीक्षक डा रुमी मण्डलले पत्रकारहरुलाई सम्बोधन गर्दै उनले प्रथममा अस्पातलको बिल्डिङ हेरेर चाढै नयाँ भवनको निर्माण कार्य पूरा हुने बताएको र हामीले राखेका विभिन्न समस्याहरु समाधान गरिदिने आश्वासन दिएको पनि जानकारी गराएकी छन्।

उनले निर्मल माझीको निरीक्षण भ्रमणले आफुहरुमा धेरै आशा जागेको र आशा छ सबै पूरा हुन्छ भनी बताएकी छन्। डा. मण्डलले निर्मल माझीले डाक्टर र नर्सहरुको कमीलाई पूरा गरिदिने, अन्य कर्मचारीहरू र सुरक्षा गार्डको कमी पनि पूरा गरिदिने वचन दिएको बताएकी छन्। उनले एक वर्षभित्र अस्पतालको नयाँ भवनमा सर्न सक्छौँ होला भनी आशा व्यक्त गरेकी छन्।