तीनधारेको क्रिकेट बजारस्थित ग्राम कल्याण समितिको नयाँ कमिटी गठन

IMG-20250405-WA0190

खरसाङ: तीनधारेको क्रिकेट बजारस्थित ग्राम कल्याण समितिको नयाँ कमिटी गठन गरिएको छ। यसको लागि क्रिकेट बजारको ग्राम कल्याण समितिको सभा जेबी गुरूङको अध्यक्षतामा सम्पन्न भयो। सभामा विभिन्न विषयहरुमा चर्चा परिचर्चा गरिएपछि नयाँ कार्यकारी कमिटी गठन गरिएको छ। उक्त नयाँ कमिटीमा‌ सभापति जेबी गुरूङ, उप सभापति सुष्मा प्रधान र विष्णु छेत्री, सचिव सञ्जीव मंगर, सह सचिव अञ्जली सुब्बा र प्रतिक प्रधान, कोषाध्यक्षा शिक्षा गुरुङ, सह कोषाध्यक्ष मेघराज प्रधान, खेलकूद सभापति धर्मराज राणा, रोनित गुरुङ, कार्यालय सचिव नुर आलम अन्सारी, सह कार्यालय सचिव तारा प्रधान, सुजय खड्का, संग्रहकर्ता अशोक राई, मोहिणी घतानी, सुजय खड्का, सल्लाहकारमा शरण मंगर, प्रमोद थापा, रामु लामा, बिनयकुमार छेत्री, बिक्रम मंगर, बिमल गुरुङ, योगराज प्रधान, मणि लकान्द्री आदि चयन भएका छन्। यो नयाँ कमिटी आगामी ५ वर्षको लागि गठन गरिएको जानकारी ग्राम कल्याण समितिको नव नियुक्त सचिव सञ्जीव मंगरले दिएका छन्‌। उनले तीनधारेको क्रिकेट बजारस्थित ग्राम कल्याण समितिको स्थापना सन् २०१४ मा भएको जानकारी गराएका छन्।

About Author

Advertisement