लखनऊ: मुम्बई इण्डियन्सले एकाना स्टेडियममा शुक्रवार खेलिएको आईपीएल २०२५-को रोमाञ्चक म्याचमा लखनऊ सुपर जाइण्ट्सविरुद्ध १२ रनले हारको सामना गर्नु पऱ्यो। जीतको निम्ति २०४ रनको लक्ष्यलाई पीछा गर्दै कप्तान हार्दिक पाण्ड्या अन्तसम्म क्रीजमा कायम रहे पनि मुम्बई इण्डियन्सलाई जीत दिलाउन सकेनन्। आईपीएलको जारी सीजनमा तेस्रो हारको सम्मुखीन भएपछि मुम्बई इण्डियन्सका कप्तान हार्दिकले प्रत्येक हार निराशाजनक रहने बताए। उनले भने, ईमानदारीपूर्वक भन्नु पर्दा हामीले १०-१५ रन अतिरिक्त खर्च गऱ्यौं। मैले सदा आफ्नो बलिंगको मजा लिएको छु। बलिंग गर्दा मसँग अधिक विकल्प छ जस्तो मलाई लाग्दैन। म विकेटलाई बुझेर स्मार्ट विकल्प प्रयोग गर्छु। म विकेट लिने प्रयास गर्दिनँ। मेरो रणनीति डट बल गरेर ब्याटरहरूलाई जोखिम उठाउन वाध्य गर्ने हुन्छ।
हार्दिकले भने, मेरो विचारमा एउटा ब्याटिंग एकाईको रूपमा हाम्रो प्रयास पर्याप्त थिएन। हामी एउटा टीमको रूपमा म्याच जित्छौं। म कसैमाथि औंली ठड़्याउन चाहदिनँ। पूरा ब्याटिंग एकाईले जिम्मेवारी लिनु पर्नेछ। म पूरा जिम्मेवारी लिन्छु। हामीलाई केही असल हिटको आवश्यकता थियो। क्रिकेटमा यस्तो दिनहरू आउँछ। कुनै दिन तपाईंले लगातार प्रयास गर्दा पनि सफलता हासिल हुँदैन। हामीले असल क्रिकेट खेल्नु जारी राख्नु पर्नेछ। खेललाई सरल राख्दै असल फसेला लिनु जरूरी छ। आईपीएलमा ब्याट र बल दुवैको साथ आक्रामक हुनु पर्छ। जे भए पनि यो लामो टुर्नामेण्ट हो अनि हामीसँग फर्म हासिल गर्ने मौका रहेको छ।