सिलगढी: भाजपाले आगामी १३ सेप्टेम्बरको दिन राज्य सरकारविरुद्ध भ्रष्टाचारको आरोप लगाउँदै चोर धरो जेल भरो स्लोगनको साथमा नवान्न अभियान गर्ने भएको छ। उक्त अभियानलाई सफल बनाउने उद्देश्य लिएर भाजपा सिलगढी सांगठनिक जिल्ला कमिटीको तर्फबाट आज सिलगढीमा एउटा न्याली निकालिइयो। आज दिउँसो सिलगढीको बाघाजतीन पार्कबाट न्याली निकालेर हिलकार्ट रोड परिक्रमा गरेपछि महात्मा गाँधी मोडमा पुगेर समापन गरियो। उक्त न्यालीको नेतृत्व दार्जिलिङका सांसद राजु विष्टले गरेका थिए। उक्त न्यालीमा सिलगढीका विधायक शङ्कर घोष विधायक दुर्गा मुर्मू, आनन्दमय बर्मन लगायत अन्य उपस्थित थिए।











