लखनऊ: आईपीएल २०२५-को १६औं म्याचमा लखनऊ सुपर जाइण्ट्स (एलएसजी)-ले ५ पल्टको च्याम्पियन मुम्बई इण्डियन्सलाई १२ रनले पराजिक गऱ्यो। यो एलएसजी-को ४ वटा म्याचमा दोस्रो जीत हो। एकाना स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै एलएसजी-ले २० ओभरमा ८ विकेट गुमाएर २०३ रन बनायो। एलएसजी-लाई विशाल स्कोरसम्म पुऱ्याउनमा टीमका ओपनरद्वय मिचेल मार्श र ऐडन मार्करमले महत्त्वपूर्ण भूमिका निर्वाह गरे। यसमा मार्शले ९ वटा चौका र २ वटा छक्काको साथ ३१ बलमा ६० रन बनाए। यसरी मार्करमले ४ वटा छक्का र २ वटा चौकाको साथ ३८ बलमा ५३ रन बनाए। यी दुईजना बाहेक अयुष बडोनीले ३० र डेविड मिलरले २७ रनको योगदान दिए। मुम्बईका बलरहरूमा कप्तान हार्दिक पाण्ड्याले सर्वाधिक ५ विकेट लिए। जवाफमा मुम्बई इण्डियन्सले २० ओभरमा ५ विकेट गुमाएर १९१ रन मात्र बनाउन सक्यो। सूर्यकुमार यादवले ४३ बलमा ६७ रन बनाए पनि टीमलाई जीत दिलाउन सकेनन्। उनले ९ वटा चौका र एउटा छक्का लगाए। यसबाहेक नमन धिरले ४ वटा चौका र ३ वटा छक्काको साथ २४ बलमा ४६ रन बनाए। कप्तान हार्दिक पाण्ड्याले अविजित २८ रन बनाएर अन्तसम्म प्रयास गरे पनि मुम्बई इण्डियन्सलाई जीत दिलाउन सकेनन्। तिलक वर्मा २५ रन बनाएर रिटायर्ड आउट भए।