जुलुकस्थित ओल्ड सिल्क रूटको राज्यपाल माथुरले गरे भ्रमण

n6589551351743791735942c88c5fce08493d3898e0dc72c3083d86fbd0930d01109f1072f817dd376519ec

गान्तोक: सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले आज जुलुकस्थित ओल्ड सिल्क रूटको भ्रमण गरे। ओल्ड सिल्क रूट, जुलुकलाई हालैमा इण्डिया टुडे टुरिज्म सर्वे एण्ड अवार्ड्स २०२५ मा भारतकै सबैभन्दा मनोरम रूटको रूपमा पुरस्कृत गरिएको छ।राज्यपालले भने, जुलुक प्राचीन समयमा सिलगढीदेखि तिब्बतसम्म व्यापार मार्गको प्रमुख केन्द्र थियो। समयका साथै यो मार्ग पर्यटकहरूको मुख्य आकर्षण बनेको छ। कालेबुङदेखि नथुला र कुपुपसम्म यो मार्ग आफ्नो अद्वितीय सुन्दरता र रोमाञ्चको निम्ति प्रसिद्ध छ।राज्यपाल माथुरले बाबा हरभजन सिंह मन्दिरमा प्रार्थना गरे अनि सम्पूर्ण जनताको सुख र समृद्धिको निम्ति आशीर्वाद मागे। यसपछि, उनले नथुला सीमाको भ्रमण गरे र भारतीय सेनाका जवानहरूसॅंग संवाद गरेर उनीहरूको उत्साहवर्धन गरे। विषम परिस्थितिहरूमा मातृभूमिको सेवा गर्ने जवानहरूको सराहना गर्दै राज्यपालले मातृभूमिप्रति जवानहरूको सेवाको सराहना गरे।आफ्नो भ्रमणको क्रममा राज्यपालले भाइब्रेन्ट भिलेज जुलुकका पञ्चायत सदस्यहरू र स्थानीय मानिसहरूसॅंग पनि भेट गरे। यस क्रममा उनले स्थानीय चुनौतीहरूको बारेमा जानकारी लिॅंदै जुलुक ट्रान्जिट क्याम्पको पनि भ्रमण गरे। ​ट्रान्जिट क्याम्पमा राज्यपालले अधिकारीहरूसॅंग क्षेत्रीय विकाससित सम्बन्धित मुद्दाहरूमाथि चर्चा गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement