पूर्वोत्तर विधानसभा अधअय, उपाध्यक्ष र सचिवहरूको निम्ति रात्रिभोट

IMG-20250404-WA0269

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले हिजो सम्मान भवनमा आयोजित एक रात्रिभोज कार्यक्रममा पूर्वोत्तर सात राज्यका विधानसभा अध्यक्ष र प्रतिनिधिमण्डलका सदस्यहरुसंग भेट गरे। मुख्यमन्त्री तामाङले सिक्किम सधैँ संसदीय प्रतिनिधिहरुबीच संवाद, सहकार्य र विचार आदानप्रदान बढावा दिन प्रतिबद्ध रहेको बताए। मुख्यमन्त्री प्रेमसिंह तामाङले पूर्वोत्तर सात राज्यका विधानसभा अध्यक्ष, उपाध्याक्ष र विधानसभा सचिवहरूको सम्मानमा भेटघाटको कार्यक्रम आयोजन गरेका थिए। यस अवसरमा मुख्यमन्त्रीकी धर्मपत्नी कृष्णा राई, क्याबिनेट मन्त्रीहरू, विधानसभाका सदस्यहरू, वरिष्ठ सरकारी अधिकारीहरू र अन्य विशिष्ट अतिथिहरूको उपस्थिति थियो। कमनवेल्थ पार्लियामेन्टरी एसोसिएसन (सीपीए) इन्डिया रिजन जोन-३ को कार्यकारी बैठकमा भाग लिन सात राज्यका प्रतिनिधिमण्डल सिक्किम भ्रमणमा छन्। बैठकले अर्थपूर्ण छलफलसंगै एक मञ्च प्रदान गर्नका साथै अन्तर-राज्य संसदीय सहयोग र साझा क्षेत्रीय आकांक्षाहरूलाई सुदृढ बनाउन प्रोत्साहित गर्ने उल्लेख गरिएको छ। मुख्यमन्त्री तामाङले भेटको क्रममा अतिथिहरूलाई स्वागत गर्न पाएकोमा खुशी व्यक्त गर्दै पूर्वोत्तर राज्यहरुबीच विधायिकी सम्बन्धलाई मजबुत बनाउन यस्ता कार्यक्रमहरूले सहयोग प्रदान गर्ने बताए। मुख्यमन्त्रीले सिक्किम संसदीय प्रतिनिधिहरुबीच संवाद, सहकार्य र विचारको आदानप्रदानलाई बढावा दिन निरन्तर प्रतिबद्ध रहेको बताए। स्मरण रहोस्, हाल पूर्वोत्तर सात राज्यका विधानसभा अध्यक्ष लगायत प्रतिनिधिमण्डल सिक्किमको भ्रमणमा छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement