पशुविरुद्धको क्रुर व्यवहारमाथि सचेतना कार्यक्रम

IMG-20250404-WA0268

गान्ताेक: टेल्स एण्ड लिबर्टी एनिमल वेलफेयर एसोसिएशनको पहलमा हिजो सोरेङ जिल्लाअन्तर्गत रिञ्चेनपोङ हाट घऱमा पशुप्राणीविरूद्ध हुने क्रुरताबारेमा एक सचेतना कार्यक्रम आयोजना गरियो। कार्यक्रम कलुक खण्ड विकास अधिकारी र पशुपालन एवं पशुधन सेवाको संयुक्त पहलमा आयोजना गरिएको थियो। उक्त कार्यक्रममा पञ्चायत अध्यक्ष, ग्राम पञ्चायत सदस्यहरू, एसएचओ, कलुक वरिष्ठ माध्यमिक विद्यालयका उपप्रचार्य, प्रधानाध्यापक, विद्यार्थी लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। यस अवसरमा अधिवक्ता साथै विद्यार्थीहरूबीच पशुमाथि हुने क्रुरता र कानुनी प्रावधानबारे छलफल भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement