प्रजनन तथा स्त्रीरोग सम्वन्धी जागरुकता अभियान

IMG-20250404-WA0267

गान्तोक: मंगन जिल्लाको महिला, बाल, वरिष्ठ नागरिक, दिब्याङजन एवं कल्याण विभागको पहलमा आज बेटी बचाओ, बेटी पढाओ कार्यक्रमअन्तर्गत प्रजनन तथा स्त्रीरोग सम्वन्धी एक सचेतना कार्यक्रम आयोजना गरियो। मंगन जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भएको कार्यक्रममा स्रोतवक्ताकोरूपमा आइभीएफ र प्रसूति तथा स्त्री रोगका विशेषज्ञ डा बन्दना प्रधान सुब्बा थिइन्। कार्यक्रमलाई सम्बोधन गर्दै मंगन जिल्लापाल अनन्त जैनले यस प्रकारको कार्यक्रमको लक्ष्यबारे प्रकाश पारे। जिल्लापाल जैनले आफ्नो सम्बोधनमा राज्यमा प्रजनन दरमा आएको कमीमाथि चिन्ता व्यक्त गर्दे यस समस्यालाई अघि ल्याउऩ विभागीय कार्यलाई प्रशंसा गरे। सोही प्रकारले मंगन नगर पञ्चायतकी पार्षद छिरिङ डोमा भोटियाले परिस्थिति जस्तोसुकै भए तापनि प्रजनन सम्वन्धमा आवश्यक सहयोग प्राप्त हुने विषयमाथि प्रकाश पारिन्। सोही प्रकराले डा बन्दना प्रधान सुब्बाले प्रजनन सम्वन्धित विषयमाथि सचेतना गराइन्। उनले आफ्नो स्वास्थ्यको हेरचाहलाई प्रमुखता दिनुपर्ने विषयमाथि सचेत गराइन्। उनले थप जानकारी गराएअनुसार पतिले आफ्नी पत्नीलाई स्वास्थ्य जाँचको निम्ति साथ दिँदा यसले भावनात्मक सहयोग मात्र प्रदान नगरेर पतिपत्नी दुवैजनाबीचको समस्याहरू बुझ्न सहयोग पुग्ने बताइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement