ब्याडमिन्टन एसोसिएशन नयाँ कार्यकारी समितिको मुख्यमन्त्रीसँग भेट

IMG-20250404-WA0266

गान्तोक: ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किमका नयाँ कार्यकारिणी सदस्यहरूले हिजो राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग उनको सरकारी निवास मिन्तोगाङमा भेट गरे। संस्थाका नयाँ अध्यक्ष जेकब खालिङको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्रीसँग शौहार्दपूर्वक भेट गरेको हो। भेटको क्रममा संस्थाले मुख्यमन्त्री तामाङलाई राज्यको हरेक क्षेत्रमा व्याडमिन्टनलाई संरक्षण साथै बढावा दिने उद्देश्यले काम गरिरहेको जानकारी गराए। संस्थाका अध्यक्ष खालिङले युवा प्रतिभालाई ब्याडमिन्टन क्षेत्रमा अघि ल्याउन र राज्यमा व्याडमिन्टनको सरक्षण गर्ने संस्थाको प्रतिवद्धतामाथि संस्थाद्वारा तयार गरिएको योजनाबारे जानकारी गराए। अध्यक्ष खालिङले २०२५-२६ को निम्ति संस्थाद्वारा तयार गरिएको क्यालेन्डर कार्यक्रमबारे पनि जानकारी गराए। जसमा राज्यका सबै छ जिल्लामा अन्तर-विद्यालय सब जुनियर र जुनियर ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिने छ। सोही प्रकारले दोस्रो सिक्किम प्रिमियर ब्याडमिन्टन लीग २०२५,”अखिल भारतीय मुख्यमन्त्री कप” खुल्ला ब्याडमिन्टन प्रतियोगिता र राष्ट्रीयस्तरको व्याडमिन्टन प्रतियोगिता आयोजना गरिने संस्थाको क्यालेन्डरमा उल्लेख गरेको जानकारी गराए। यस अवसरमा मुख्यमन्त्रीले संस्थाको समर्पणको प्रशंसा गर्दै बीएएसको मिसनलाई अघि बढाउन सरकारको तर्फबाट पूर्णरूपमा सहयोग प्रदान गर्ने आश्वासन दिएका छन्। उनले राज्यमा ब्याडमिन्टनको विकासमा आफ्नो प्रतिबद्धतालाई सुदृढ गर्दै व्याडमिन्टन एसोसिएशन अफ् सिक्किमको मुख्य संरक्षक बन्ने सहमति जनाएका छन्। यसबाहेक, उनले अखिल भारतीय मुख्यमन्त्री कप ब्याडमिन्टन च्याम्पियनसिप र अन्तर-विद्यालय टोली च्याम्पियनशिप २०२५ को लागि आफ्नो स्वीकृति दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement