गान्तोक: गान्तोक सदर थानाले ब्राउन सुगर सहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पुलिसले जानकारी गराएअनुसार आरोपीलाई हिजो गान्तोकस्थित सिसा गोलाइबाट पक्राउ गरिएको हो। आरोपीबाट पुलिसले १०.७५ ग्राम्स ब्राउन सुगर फेला पारेको छ। पक्रापर्ने आरोपी टोकल बर्मेक निवासी विशाल छेत्रीकोरूपमा चिन्हित गरेको छ। आरोपी छेत्रीलाई सिसा गोलाइ परिसरमा संदिग्ध अवस्थामा घुम्दै गरेको देखेपछि सदर थानाका पुलिस प्रभारी उपाश्ना शर्माको नेतृत्वमा गएको टोलीले पक्राउ गर्न सफल बनेको बताइएको छ। आरोपीविरूद्ध सदर थानामा एनडीपीएस एक्ट १९८५ अन्तर्गत मुद्दा दर्ता गर्दै जाँच गरिरहेको छ।