काउन्सिलको संघर्ष गर्ने प्रतिबद्धता

IMG-20250404-WA0260(1)

कालेम्पोङ: दार्जिलिङ इकोनोमिक डेभलपमेन्ट काउन्सिलले प्रेस बिज्ञप्ति प्रकाशित गरी दार्जिलिङ जिल्लाको जमिन अधिग्रहण विवरणसम्बन्धी महत्त्वपूर्ण जानकारी माग्दै दर्ता गरेको आरटीआई आवेदन दिएको १२४ दिन भइसकेको छ, तर राज्य सार्वजनिक सूचना अधिकारी (एसपिआइओ) ले सूचना अधिकार ऐन, २००५ अन्तर्गत अनिवार्य ३० दिनको अवधि बितिसक्दा पनि अझै कुनै जवाफ दिएका छैनन् भनिरोष ब्यक्त गरेको छ।
काउन्सिलका अध्यक्ष सुबास मणि सिंह ब्दारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ पारदर्शिता र जवाफदेहिता राम्रो शासनका आधारस्तम्भ हुन्, तर मेरो सूचना प्राप्त गर्ने अधिकार हनन गरिएको छ। त्यसैले अब पहिलो अपिल गर्दै एप्पललेट अर्थोरिटी तथा जिल्लापाल, दार्जिलिङ समक्ष निवेदन गरेका छौ।
नागरिकको जानकारी पाउने अधिकार सुरक्षित हुनुपर्छ! जबसम्म सूचना खुलासा हुँदैन, हाम्रो सङ्घर्ष जारी रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement