खरसाङ: वरिष्ठ साहित्यकार ज्ञानेन्द्र खतिवडालाई तेराख महाकवि देबकोटा साहित्य पुरस्कार प्रदान गरिने भएको छ। प्राप्त जानकारी अनुसार उनलाई नेपाली भाषा, साहित्य, संस्कृति र पर्यावरणको संरक्षणमा योगदान पुराएवापत नेपालका साहित्यकार तेजराज खतिवडा (तेराख) प्रतिष्ठानले उक्त पुरस्कारले पुरस्कृत गर्ने भएको छ। प्रतिष्ठानको बैठकले सिलगढीको सालबारी निवासी नेपाली साहित्यका वरिष्ठ साहित्यकार ज्ञानेन्द्र खतिवडलाई तेराख महाकवि देबकोटा साहित्य पुरस्कार प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौड्यालले बताएका छन्। उनले बताए अनुसार उक्त पुरस्कारमा नगदराशि ५१ हजार रुपियाँ रहेको छ। उक्त पुरस्कार आगामी वैशाख १३ गते अर्थात् २६ अप्रेलको दिन पूर्वी नेपालको धुलाबारीमा एक समारोहबीच पुरस्कार प्रदान गरिने जानकारी प्राप्त भएको छ। उल्लेखनीय छ भारतीय नेपाली साहित्यको वरिष्ठ साहित्यकार ज्ञानेन्द्र खतिवडाको सन् १९९५ मा कविता संग्रह ‘खस्नै लागेको उज्यालो’ र २०२३ सालमा अर्को कविता संग्रह ‘ऐेना अघिल्तिर’ प्रकाशित छन्। उनले ‘थुंगा’ पत्रिका र कविता संकलन ‘स्वर्गायपी’ सम्पादन गरिसकेका छन्। उनी विगत १२ वर्षदेखि लगातार रुपमा सालबारीमा मासिक साहित्यिक कार्यक्रम ‘शब्द समय’ को आयोजना गर्नेहरूमा एकजना संस्थापक सदस्य हुन्। यस कार्यक्रममार्फत् लगातार रुपमा साहित्य र भाषाको लगातार रुपमा सेवा गर्दै आईरहेका छन् भने उनी भारतीय नेपाली साहित्यको एक वरिष्ठ साहित्यकार हुन्।