दार्जिलिङ: पश्चिम बङ्गाल सरकार राज्यका स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालय स्ट्याण्डिङ कमिटीको चेयरम्यान निर्मल माझी र उनको सम्पूर्ण टोलीले आज दार्जिलिङ जिल्ला अस्पतालको भ्रमण गरेका छन्। उनले गत २ अप्रेलमा उत्तर बङ्गाल मेडिकल कलेज र हिजो कालेबुङङ जिल्ला अस्पतालको भ्रमण गरेका थिए। भ्रमणपछि सबै अस्पतालहरूले प्रदान गर्ने स्वास्थ्य सेवाहरूको समीक्षा बैठक गरेका थिए। उनी अनि उनको टोलीले आवश्यक तथ्याङ्क र गुनासोहरू पनि निरीक्षण गर्दै यसको सङ्कलन गर्नेछ। यस विषयमा पश्चिम बंगाल राज्यका स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालय स्ट्याण्डिङ कमिटीको चेयरम्यान निर्मल माझीले दार्जिलिङमा पत्रकारहरुलाई सम्बोधन गर्दै ममता ब्यानर्जीको नेतृत्वमा उत्तर बङ्गालको समानान्तर विकास गर्न तृणमूल कंग्रेस कटिबद्ध छ भनी बताएका छन्। उत्तर बङ्गालको छड्के भ्रमणअवधि कालेबुङ हुँदै टोलीसहित शहीद दुर्गा मल्ल जिल्ला अस्पताल छड्के भ्रमणमा आइपुगेका माझीले अर्कोतिर जीटीए सभा पुन: सञ्चालनमा आएपछि काम गर्न धेर सहज भएको मत पोखेका छन्। यसमार्फत् दार्जीलिङ जिल्ला अस्पतालको स्वास्थ्य परिसेवा उन्नत गराउन ४२ करोड प्रदान गरिएको जानकारी गराउँदै उनले खरसाङमा थप १५० बेडको अस्पताल निर्माण कार्य चलिरहेको अवगत गराए। निर्मल माझीको नेतृत्वमा शुक्रवार गरिएको उक्त दौहाडा अवधि जिल्ला अस्पताल अधिकृत पक्ष लगायत जीटीए विभागीय कार्यकारी निर्देशक साम्देन डुक्पा अनि अन्य उपस्थित थिए। यस अवसरमा जीटीएका कार्यकारी निर्देशक साम्देन डुक्पाले पनि यस विषयमा विस्तृत रूपमा जानकारी दिएका छन्।