सनराइजर्सद्वारा हारको ह्याट्रिक, केकेआर ८० रनले विजयी

IMG-20250403-WA0298

काेलकत्ता: आईपीएल २२०५-को १५औं म्याच एकतर्फी रह्यो, जसमा गत विजेता काेलकत्ता नाइट राइडर्स (केकेआर)-ले सनराइजर्स हैदराबादलाई सजिलैसँग ८० रनले पराजित गऱ्यो। केकेआर-को यो ४ वटा म्याचमा दोस्रो जीत हो जबकि सनराइजर्सको यो त्यति नै म्याचमा लगातार तेस्रो हार हो। ईडन गार्डन्समा बिहीवार टस हारेर पहिला ब्याटिंग गर्दै केकेआर-ले २० ओभरमा ६ विकेट गुमाएर २०० रन बनायो। केवल १६ रनमा दुवै ओपनर आउट भएपछि केकेआर-लाई भेंकटेश अय्यर र अंगकृष रघुवंशीको अर्द्धशतकले सम्हाल्यो। भेंकटेशले ७ वटा चौका र ३ वटा छक्काको साथ २९ बलमा ६० रन बनाए। यसरी रघुवंशीले ५ वटा चौका र २ वटा छक्काको साथ ३२ बलमा ५० रन बनाए। क्विण्टन डी कक र सुनिल नारेनको ओपनिंग जोड़ी चाँड़ै आउट भएपछि कप्तान अजिंक्य रहाणेलाई साथमा लिएर रघुवंशीले तेस्रो विकेटको निम्ति ८१ रन जोड़े। केकेआर-ले पछिबाट रहाणे र रघुवंशीलाई लगातार गुमायो। रहाणेले ४ वटा छक्का र एउटा चौकाको साथ २७ बल खेलेर ३८ रन बनाए। त्यसपछि भेंकटेश र रिंकू सिंहले मिलेर पाँचौं विकेटको निम्ति ९१ रनको पार्टनरशीप गरी टीमलाई ठूलो स्कोरसम्म पुऱ्याए। रिंकूले ४ वटा चौका र एउटा छक्काको साथ १७ बलमा अविजित ३२ रन बनाए। त्यसपछि जीतको निम्ति २०१ रनको लक्ष्यलाई अघि राखेर खेल्दै सनराइजर्सको टीम १६.४ ओभरमा १२० रन बनाएर अलआउट भयो। स्टार ब्याटरहरूले भरिएको सनराइजर्सको शीर्ष क्रम आज पनि सुपर फ्लप साबित भयो। यसमा ट्रेविस हेड ४, अभिषेक शर्मा २, ईशान किशन २ र नितिश कुमार रेड्डी १९ रन बनाएर आउट भए। लगातार विकेटको पतन हुँदा स्कोर एक समय ६ विकेटमा ७५ रन रहेको थियो। त्यहाँबाट सनराइजर्ससँग आत्मसमर्पण गर्नु बाहेक अन्य कुनै उपाय थिएन। हेनरिक क्लासेनले २ वटा चौका र २ वटा छक्काको साथ २१ बल खेलेर सर्वाधिक ३३ रन बनाए। यसबाहेक कामिन्दु मेण्डिसले २७ रनको योगदान दिए। केकेआर-का बलरहरूमा वैभव अरोड़ा र वरुण चक्रवर्तीले ३-३ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement