सांसद सुब्बाकाे केन्द्रीय मन्त्री गडकरीसाँग भेटे

IMG-20250403-WA0287

गान्तोक: लोकसभा सांसद इन्द्र हाङ सुब्बाले केन्द्र सरकारसमक्ष सिक्किममा सिङ्गतामदेखि मल्ली हुँदै पश्चिम बङ्गालको सेभोकसम्मको वैकल्पिक राष्ट्रिय राजमार्गको मागलाई पुनः दोहोऱ्याएका छन्। उनले आज भारत सरकारको सड़क, परिवहन एवं राजमार्ग मन्त्री नीतिन गडकरीलाई उनको संसद भवनस्थित कार्यालयमा भेटेर यो माग गरेका हुन्। सांसदले मन्त्रीसमक्ष सिङ्गतामदेखि मल्ली अनि मल्लीदेखि सेभोकसम्मको वैकल्पिक राष्ट्री राजमार्गको प्रस्तावलाई शीध्र मञ्जुरी प्रदान गर्ने माग गरेका छन्। उल्लेखनीय छ, वर्तमानमा सिक्किमको जीवनरेखा मानिने राष्ट्रीय राजमार्ग १० खराब मौसममा पटक पटक बन्द हुने समस्यालाई ध्यानमा राखेर त्यसै मार्गको समानन्तर एउटा वैकल्पिक राष्ट्रीय राजमार्गको माग राखिएको छ।
केन्द्रीय मन्त्रीसितको भेटघाटको अवसरमा सांसद सुब्बाले पश्चिम सिक्किमको सोरेङ र गेजिङा जिल्लामा नयाँ राष्ट्रीय राजमार्ग विकासको माग पनि गरे। उल्लेखनीय छ, सोरेङ र गेजिङ जिल्लामा हाल एउटै मात्र राष्ट्रीय राजमार्ग रहेको छ। राष्ट्रीय राजमार्ग ५१० को सानो भाग (करिब ३० किलोमिटर) गेजिङ जिल्लामा अवस्थित छ।
सांसद सुब्बाले मानपुरदेखि जोरथाङ हुँदै लेगशेप, नयाँ बजारदेखि दरमदिन, सोमबारे, सोरेङ र कलुकदेखि देन्ताम हुँदै चिवाभञ्ज्याङ, गेजिङदेखि पेलिङ, योकसम हुँदै टाशीडिङसम्म राष्ट्रीय राजमार्ग निर्माण गरिनुपर्ने केन्द्रीय मन्त्री गडकरीसमक्ष माग राखेका छन्। यसको निम्ति उनले आज नै मन्त्रीलाई आधिकारिक रुपमा एउटा ज्ञापन पनि बुझाएका छन्।
सांसद सुब्बाले सेभोकदेखि रम्फूसम्म राष्ट्रीय राजमार्ग १० को मरम्मत र रखरखाउको जिम्मेवारी एनएचआइडीसीएल-लाई हस्तान्तरण गरेकोमा मन्त्री नीतिन गडकरीलाई धन्यवाद पनि दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement