गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टी सामाजिक सेवा प्रकोष्ठको दोश्रो समन्वय सभा आज गान्तोकको तिब्बत पथ स्थित पार्टी मुख्यालयमा सम्पन्न भयो। पार्टी महासचिव मुख्यालय पवन कुमार गुरूङ र जनसम्पर्क सचिव (पार्टी जुनु छेत्रीको उपस्थितिमा सम्पन्न भएको सभामा सामाजिक सेवा प्रकोष्ठका पदाधिकारीहरू क्रमैले अध्यक्षा देवकी प्रधान, उपाध्याक्ष डा. भुषण शर्मा, महासचिव प्रकाश गुरूङ, उपसंयोजक डीएम तामाङ उपस्थित थिए। सभामा प्रकोष्ठको आगामी कार्यक्रम एवं योजनाबारे छलफल भयो। सभालाई सम्बोधन गर्दै महासचिव गुरूङले एसकेएम सामाजिक सेवा प्रकोष्ठ एक अति नै महत्वपुर्ण प्रकोष्ठ रहेको बताउँदै पार्टी अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङको दिशा निर्देशनमा रहेर पार्टीको काम गर्ने आवहान गरे। यसका साथै उनले प्रकोष्ठको हरेक गतिविधिहरूको दस्तावेजीकरण गर्न आव्हान गर्दै प्रकोष्ठका पदाधिकारीहरूलाई केही आवश्यक सुझावहरू पनि प्रदान गरे। यस अवसरमा महासचिव पवन गुरूङले प्रकोष्ठका उपाध्याक्ष र महासचिवलाई सीईसी सदस्यता पनि प्रदान गरे।









