लिङचोम स्कूलको कौस्तुभ जयन्तीमा फुटबल र तर्क प्रतियोगिता

IMG-20250403-WA0284

गेजिङ: गत १७ मार्चदेखि शुरु भएको लिङ्चोम वरिष्ठ माध्यमिक विद्यालयको कौस्तुभ जयन्ती समारोह विविध कार्यक्रमसहित आयोजन भइरहेको छ। यस समारोहको दोस्रो चरणमा खुल्ला फुटबल खेल शुरु गरिएको छ। आजको कार्यक्रममा क्षेत्र विधायक तथा मन्त्री भीमहाङ सुब्बा मुख्य तिथि थिए। यसबीच खण्ड विकास अधिकारी ग्यारेप दोर्जी भोटिया, जिल्ला पञ्चायत, ग्राम पञ्चायतका पदाधिकारीहरू तथा समारोह समितिका अध्यक्ष केबी लिम्बूको उपस्थिति थियो। कार्यक्रमअन्तर्गत तर्क प्रतियोगिताको सेमिफाइनलमा पेलिङ वरिष्ठ माध्यमिक विद्यालय र मिडल गेजिङ माध्यमिक विद्यालयबीच भएको थियो। मिडल गेजिङ विद्यालयको टोली फाइनलमा प्रवेश गर्न सफल भएको छ। खुल्ला फुटबल प्रतियोगितामा मलबाँसे एफसी र फ्रेण्ड्स फरेभर योकसमबीच प्रतिस्पर्धा भयो। निर्धारित समयसम्म खेल बराबरीमा सकिएपछि ट्राइबेकरमार्फत मलबाँसे एफसीले विजय हासिल गर्दै अर्को चरणमा प्रवेश गरेको छ। आयोजक समितिले फुटबल प्रतियोगितामा विजयी टिमलाई २ लाख रुपियाँ तथा उपविजेता टिमलाई १.५ लाख रुपियाँ नगद पुरस्कार प्रदान गरिने घोषणा गरेको छ। आगामी अप्रेल १५ को दिन सम्पन्न हुने कौस्तुभ जयन्ती समारोहको समापन समारोहमा मुख्यमन्त्री पीएस तामाङ प्रमुख अतिथिका रूपमा उपस्थित रहनेछन्। त्यसै दिन तर्क प्रतियोगिता, चित्रकला प्रतियोगिता, महिला फुटबल खेल लगायत अन्य विभिन्न सांस्कृतिक कार्यक्रमहरूको पनि समापन हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement