गान्तोक: सिक्किम क्रिकेट एसोसिएशनको पहलमा गत १६ मार्चदेखि शुरू भएको ए डिभीजन लिगको फाइनल खेल आज समापन भयो। रम्फूस्थित माइनिङको क्रिकेट खेल मैदानमा आयोजित प्रतियोगिता ताथाङचेन क्रिकेट एसोसिएशन बनाम इराइसेस क्रिकेट क्लब जोरथाङबीच सम्पन्न भएको थियो। यस कार्यक्रममा मुख्य अतिथिकोरूपमा विधायक इरूङ तेञ्जिङ लेप्चा रहेका थिए। यस प्रतियोगितामा पहिलो ब्याटिङ इरिसेस क्लब जोरथाङले गरेको थियो, जसमा २६७ रन बनाउँदै २६८ रनको लक्ष्य विपक्षी टोलीलाई दिएको थियो। तर विपक्षी टोलसीले केवल २६७ रन मात्र बनाउन सफल बन्यो। जोरथाङ क्रिकेट क्लबका खेलाडटी ललित यादबले ७१ बलमाम ११९ रन बनाउन सफल भए। सोही प्रकारले अक्षय सेनले ३६ रन बनाएर आउट भए। सोही प्रकारले ताथाङचेन क्रिकेट एसोसिएशनका खेलाडी पार्थ पालावतले ९४ बलमा ११७ रन बनाए। यस प्रतियोगितामा ललित यादवलाई ‘प्लेयर अफ् द म्याच घोषित गरियो भने उनले चार विकेट लिएर सबै भन्दा अधिक विकेट लिने खेलाडीको साथै प्लेयर अफ् द टुर्नामेन्ट पनि बने।