काठमाडौंको बढ्दो प्रदूषण रोक्न दुई दिन सार्वजनिक बिदा दिन सुझाव

IMG-20250403-WA0253

काठमाडौं: सहरी विकास मन्त्रालयमा वातावरण प्रदूषणको वर्तमान अवस्थाबारे छलफल भएको छ। कार्यवाहक प्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले बिहीबार बढ्दो प्रदूषण नियन्त्रण र त्यसको असरलाई कम गर्ने उपायबारे सरोकारवाला र विज्ञहरूसँग छलफल गरेका छन्।
छलफलका क्रममा विज्ञहरूले सरकारले प्रदूषणको स्तर नघट्दासम्म हप्तामा दुई सार्वजनिक बिदा दिने र जोर–बिजोरका आधारमा सवारी साधन चलाउन दिनेबारे विचार गर्नुपर्ने सुझाव दिए। त्यस्तै सडक तथा अन्य आयोजना निर्माण गर्दा प्रदूषण शुल्क अनिवार्य गर्नुपर्ने विज्ञहरुले सुझाव दिएका छन्।
छलफलमा सिंहले उद्योग, कलकारखाना र अन्य पूर्वाधार निर्माणका कारण बढ्दो प्रदूषण नियन्त्रणका लागि पहल गरिने बताए। यसका लागि सम्बन्धित निकायसँग परामर्श गरी प्रदुषण कम गरिने उनले बताए।
सिंहले भने, ‘हालै बढेको प्रदूषणलाई कम गर्न सम्बन्धित निकायसँग छलफल गर्नुपर्छ। उनले भने, ‘अन्य निकायसँग छलफल गरेर मात्रै प्रदूषण नियन्त्रणका लागि निर्णय लिन्छौँ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement